नजिकिँदो मसान्त र दशैंले शेयर बजारमा दोहोरो अंकको गिरावट

0
Shares

नजिकिँदो असोज मसान्त र संनिकट बनेको नेपालीहरुको महान चाड दशैंका लागि शेयर लगानीकर्ताहरुले रकम बजारबाट निकाल्दा शेयर बजारमा साताको पहिलो कारोबार दिन आइतबार नै नेप्से परिसूचक दोहोरो अंकले घटेको छ ।

कर तथा बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएर शेयरमा लगानी गरेका लगानीकर्ताहरुले पैसाको जोहो गर्दा बजारमा दोहोरो अंकको गिरावट देखिएको हो । मसान्त नजिकिएसँगै सरकारलाई कर र ऋण लिएकाहरुलाई ब्याज तिर्ने हतारो रहने गर्दछ । जसका कारण लाभांश सिजन र बैंक तथा वित्तीय संस्थाहरुमा अधिक तरलताका बीच पनि शेयर बजारमा दोहोरो अंकका. गिरावट आएको हो ।

आज नेप्से परिसूचक १३.३७ अंकले घटेर १ हजार ५७६ दशमलव २७ बिन्दुमा झरेको छ। ठूला कम्पनीहरुको सूचक मापक सेन्सेटिभ इण्डेक्स पनि ३.०१ अंकले घटेर ३११.७३ बिन्दुमा बन्द भएको छ ।

आजको बजारमा १९३ कम्पनीको ९२ लाख ८१ हजार ४७८ कित्ता शेयर ३७ हजार ५१५ पटक खरिद बिक्री हुँदा कारोबार रकम २ अर्ब ३९ करोड ५४ लाख ३२ हजार रुपैयाँ पुगेको छ । गत बिहीबारको तुलनामा आइतबार कारोबार रकम भने ५० लाख ९६ हजार रुपैयाँले घटेको हो ।

  • वित्त बाहेक सबै उपसमूहका सूचक घटे

कारोबारमा आएका १२ उपसमूहमध्ये वित्तको परिसूचक बाहेक अरु सबै उपसमूहको परिसूचक घटेका छन् । वित्तको परिसूचक २.०८ प्रतिशत बढेको छ भने होटल उपसमूहको परिसूचक सबैभन्दा धेरै २.१४ प्रतिशतले घटेको छ ।

जलविद्युत १.९८ प्रतिशत, ब्यापार १.८४ प्रतिशत, उत्पादन १.५५, निर्जीबन बीमा १.०९ र विकास बैंक १.०१ प्रतिशतले घटेको छ । बैंकिङ्ग, अन्य लघुवित्त, जीबन बीमा, र म्युचुअल फण्डको सूचक १ प्रतिशतभन्दा कमले घटेको छ ।

  • नेपाल लाइफ इन्स्योरेन्सको उच्च कारोबार

नेपाल लाइफ इन्स्योरेन्स आइतबार कारोबार रकमका आधारमा अग्र स्थानमा रहेको छ । कम्पनीको १० करोड ६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

यसैगरी अपि पावर कम्पनीको १० करोड २ लाख, अरुण भ्याली हाइड्रोपावरको ९ करोड ६९ लाख, सानिमा माइ हाइड्रोपावरको ७ करोड ६४ लाख, अरुण काबेली पावरको ७ करोड ४२ लाख, हिमाल दोलखा हाइड्रोपावरको ७ करोड ८ लाख, कामना सेवा विकास बैंकको ६ करोड ७४ लाख, नेशनल हाइड्रोपावरको ५ करोड ९६ लाख, नेपाल रि इन्स्योरेन्सको ५ करोड ७९ लाख र कुमारी बैंकको ५ करोड ६५ लाख रुपैयाँको शेयर कारोबार भयो ।

Symbol Turnover Closing Price
As of 2020-10-11 15:00:00
NLIC 100,685,117.00 1,386.00
API 100,253,665.00 208.00
AHPC 96,941,476.00 255.00
SHPC 76,465,829.00 333.00
AKPL 74,250,042.00 252.00
HDHPC 70,865,424.00 136.00
KSBBL 67,441,387.00 219.00
NHPC 59,617,678.00 118.00
NRIC 57,928,083.00 861.00
KBL 56,532,663.00 228.00
  • आईसीएफसी फाइनान्सको शेयरमूल्यमा सकारात्मक सर्किट

आजको ऋणात्मक बजारमा पनि आईसीएफसी फाइनान्सको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । फाइनान्सको शेयर प्रतिकित्ता २२ रुपैयाँ अर्थात ९.८२ प्रतिशतले बढेर २४६ रुपैयाँ पुगेको छ ।

यसैगरी रिडी हाइड्रोपावर, जानकी फाइनान्स, श्री इन्भेष्ट एण्ड फाइनान्स, रिलायन्स फाइनान्स र सबैको लघुवित्तको शेयरमूल्य पनि ५ प्रतिशत धेरैले बढेको छ । गुडविल फाइनान्स, बेष्ट फाइनान्स, मञ्जुश्री फाइनान्स र आरएसडिसी लघुवित्त शेयरमूल्य बढ्ने दश कम्पनीमा समेटिएका छन् ।

Symbol LTP Point Change % Change
As of 2020-10-11 15:00:00
ICFC 246.00 22.00 9.82
RHPC 206.00 16.00 8.42
JFL 229.00 14.00 6.51
SIFC 210.00 12.00 6.06
RLFL 196.00 11.00 5.95
SABSL 909.00 46.00 5.33
GFCL 205.00 7.00 3.54
BFC 154.00 4.00 2.67
MFIL 313.00 8.00 2.62
RSDC 564.00 14.00 2.55
  • अपि पावर कम्पनीको शेयरमूल्य धेरै घट्यो

आज अपि पावर कम्पनीको शेयरमूल्य सबैभन्दा धेरै ७.१४ प्रतिशतले घटेको छ । फाइनान्सको शेयर प्रतिकित्ता १६ रुपैयाँले घटेर २०८ मा झरेको छ ।
यसैगरी खानीखोला हाइड्रोपावर, दिव्यश्वरी हाइड्रोपावर, पञ्चकन्या माइ हाइड्रोपावर, नेपाल फाइनान्स, आँखुखोला हाइड्रोपावर, युनियन हाइड्रोपावर, अरुण भ्याली हाइड्रोपावरको शेयरमूल्य ५ प्रतिशतभन्दा धेरैले घटेको छ ।

आजको बजारमा माउन्टेन हाइड्रोपावर र हिमाल दोलखा हाइड्रोपावरको शेयरधनीले पनि करिब ५ प्रतिशतका दरले नै गुमाएका छन् ।

Symbol LTP Point Change % Change
As of 2020-10-11 15:00:00
API 208.00 -16.00 -7.14
KKHC 126.00 -9.00 -6.67
DHPL 123.00 -8.00 -6.11
PMHPL 154.00 -10.00 -6.10
NFS 282.00 -18.00 -6.00
AKJCL 121.00 -7.00 -5.47
UNHPL 125.00 -7.00 -5.30
AHPC 255.00 -14.00 -5.20
MHNL 153.00 -8.00 -4.97
HDHPC 136.00 -7.00 -4.90

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २५ असाेज २०७७, आइतबार  १६ : ४२ बजे