डाट्सनको अल न्यू गो गाडी नेपाली बजारमा


डाट्सनले आफ्नो नयाँ गाडी रेडि–गो १.० नेपाली बजारमा भित्र्याएको छ ।

नयाँ रेडि–गो गाडी स्पोर्टी तथा प्रोग्रेसिभ गाडीमा विभिन्न प्रिमियम एवं फिचरहरु सहित ल्याइएको बताइएको छ । हेचब्याकको स्लीक एवं बोल्ड लुक्सको साथमा पूूर्ण क्रोम सराउन्डयुक्त गाडी सार्वजनिक गरिएको डाट्सनले जनाएको छ ।

भिज्यूअल अपिलिङ्गको लागि एल सेपको डिआरएएस, स्लीक हेडल्याम्प सहित सिल्भर डेकोरेशन, एलइडि फग ल्याम्प, १४ इञ्चको ह्वीलले गाडी आकर्षक बनाएको डाट्सनको भनाई छ । पेन्टेबल ड्युअल टोन ह्वील कभर, एलइडि सिग्नेचर टेल ल्याम्प, डोर ट्रिम तथा फ्याब्रिक जस्ता विशेषका गाडीमा छन् । नयाँ गाडीको बजार मूल्य २३ लाख ९९ हजार रुपैंया निर्धारण गरिएको छ ।

निशान ईन्डिया अपरेसनका अध्यक्ष सिनान् ओजक्कोक्का अनुसार “नयाँ डाट्सन रेडी–गो स्ट्रङ भ्याल्यू पोजिसनको साथ उच्च गुणस्तरीय उत्पादन हो । जापानी प्रविधिबाट निर्माण गरिएको गाडीमा सेगमेन्ट लिडिङ्ग सुविधाहरु छन् । यसमा भएका सुविधा एवं विशेषताहरुले युवा वर्गका अधिकांश आवश्यकताहरुलाई पूरा गर्ने उनले बताए ।

हेचब्याकमा १८७ एम एम को सेगमेन्ट लिडिङ्ग ग्राउण्ड क्लियरेन्स तथा क्लास लिडिङ्ग रियर नि रुम कम्फोर्टले सेडानको जत्तिकै सुविधा दिन्छ । यसमा एउटा आरामदायी एवं भरपर्दो ड्राइभ अनुभव मिल्दछ । नेपाली सडकहरुलाई सुहाउने किसिमले तयार पारिएको हुँदा यो गाडीले हरेक दृष्टिकोणबाट यात्रालाई सहज तुल्याइ दिन्छ ।

नयाँ रेडि–गोमा वेस्ट इन क्लास फिचरहरु छन् । ८ इन्चको टच स्क्रीन, एडभान्स एण्ड्रोइड तथा एप्पल कार प्ले मार्फत् सहजै सञ्चालन गर्न सकिने भ्वाइस रिकग्निसनयुक्त इन्फोटेनमेन्ट सिस्टम पनि रहेको छ । प्रिमियम गन मेटल फिनिसिङ्गको साथ अनबोर्ड एक ड्युल टोन इन्स्ट्रुमेन्ट प्यानल पनि रहेको छ ।

यस कारमा सेगमेन्टकै उच्चस्तरीय सुरक्षाका उपायहरु समावेश गरिएको छ । ठूलो दृर्घटनाबाट बच्नको लागि त्यसै किसिमको बडी स्टक्चर राखिएको छ, जसले यात्रुलाई अगाडिबाट हुने चोटबाट बचाउँदछ । त्यस्तै साइट इम्पेक्ट पेडेस्ट्रियन प्रोटेक्सन कम्प्लान्ट, रेक्ट्य्राक्टिभ फङ्सनको साथ रियर सिट वेल्ट, डुअल एयर ब्याग तथा प्रोजेक्सन गाइडको साथ रियर भ्यू क्यामरा पनि रहेको छ ।

यो चाडबाडको मौसममा नयाँ रेडि–गो १.० एल म्यान्युअल ट्रान्समिसन उपलब्ध हुने छ । त्यसै गरी अन्य ०.८ एल म्यान्युअल ट्रान्समिसनको डि, ए, ६ तथा टि (ओ) तथा १.० एल पनि उपलब्ध रहेका छन् । त्यसै गरी स्मार्ट ड्राइभ अटो को भेरियन्ट पनि छिट्टै उपलब्ध हुने बताइएको छ ।

नयाँ रेडि–गो थप दुई नयाँ रंगको साथ जम्मा छ वटा रंगहरुमा उपलब्ध छ । स्यान्डस्टोन ब्राउन, भिभिड ब्लु, ब्लेड सिल्भर, ब्रोन्ज ग्रे, ओपल ह्वाइट तथा फायर रेडमा यो गाडी उपलब्ध रहेको छ । डाट्सनले १ वर्षको वा २० हजार किलोमिटरको स्ट्यान्डर्ड वारेन्टी उपलब्ध गरेको छ । यो प्रवर्धनात्मक अवधिमा खरिद गर्ने ग्राहकहरुलका लागि भने विना अतिरिक्त शुल्क तीन वर्ष वा ३० हजार किलोमिटरसम्म वारेन्टी प्राप्त हुनेछ । त्यसै गरी खरिद कर्ताले चालु आर्थिक वर्षको सवारी कर तथा काठमाडौं उपत्यका भित्र रोडसाइट सेवा पनि प्राप्त गर्ने छन् ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।