शेयर बजारका लगानीकर्ताहरु विकास बैंकतर्फ मोडिएका छन् ।आइतबार वित्त कम्पनीको शेयरमा लागेका शेयर खेलाडीहरु सोमबार विकास बैंकको शेयरतर्फ मोडिएका हुन् ।
यसअघि केही दिन पहिले जलविद्युत कम्पनीहरुको शेयरमा लगानी बढाएका कारोबारी लगानीकर्ताहरु आइतबारु वित्त कम्पनीहरुको शेयरतर्फ मोडिएका थिए । सोमबार भने विकास बैंकको शेयरमूल्य उच्च रुपमा बढेको छ । आजको बजारमा विकास बैंकको सूचक ३.८८ प्रतिशतले बढेको छ ।
नजिकिँदो दशैं र मसान्तका कारण कर र ब्याजको जोहोमा लाग्दा शेयर कारोबार रकम भने सोमबार पनि घटेको छ । आज १८९ कम्पनीका ६८ लाख १५ हजार ७१० कित्ता शेयर ३१ हजार ८३७ पटक खरीद बिक्री हुँदा कारोबार रकम १ अर्ब ९४ करोड ९० लाख रुपैयाँ पुगेको छ । यो रकम आइतबारको तुलनामा करिब ४५ करोड रुपैयाँ कम हो ।आइतबार २ अर्ब ३९ करोड ५४ लाखको शेयर खरीद बिक्री भएको थियो।
पछिल्लो समय शेयर कारोबारीहरु एकपछि अर्को समूहमा प्रवेश गर्ने र मूल्य बढाएर शेयर बिक्री गरी नाफा सुरक्षित गरेर बाहिरिने क्रम बढेको छ । यसले उक्त उप समूहमा उछाल आउने आशमा शेयर खरीद गर्ने नयाँ लगानीकर्ता भने फस्ने सम्भावना उच्च बनेको छ । केही दिन अघि हकप्रद र सस्तो शेयरमूल्य पम्प गरेका टाठा खेलाडीहरु अहिले ठूलो भ्योलुममा शेयर बिक्री गरी अर्को समूहको शेयर खरीद गर्नेतर्फ लागेका छन् । यसले दोस्रो बजारमा अभ्यस्त नभएका नयाँ लगानीकर्ता फस्ने सम्भावना उच्च रहेको लगानीकर्ताहरु बताउँछन् ।
नेप्से परिसूचक १.७४ अंकले बढेर १२ हजार ५७८.०१ बिन्दुमा बन्द हुँदा ठूला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि १.३७ अंकले बढेर ३१३.१० अंकमा पुगेको छ ।
कारोबारमा आएका विकास बैंक सहित पाँच उपसमूहको सूचक बढ्दा ८ सूचक घट्न पुगेका छन् । आज वित्त सबैभन्दा धेरै १.३५ प्रतिशतले घट्दा विकास बैंकको सूचक ३.८८ प्रतिशतले बढोत्तरी भएका छन्। बाँकीमा १ प्रतिशतभन्दा कमको वृद्धि। गिरावट देखापर्र्यो ।
- मुक्तिनाथ विकास बैंकको सर्किटमा उच्च कारोबार
आजको बजारमा लगानीकर्ताहरुले विकास बैंकको शेयरमा लगानी बढाएपछि विकास बैंकमध्ये सबैभन्दा ठूलो र धेरै नाफा आर्जन गर्ने मुक्तिनाथ विकास बैंकको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।
बैंकको प्रतिशेयर ३३ रुपैयाँ अर्थाथ ९.८५ प्रतिशतले बढेर ३३६८ रुपैयाँमा कारोबार बन्द भएको छ । बैंकको आज मात्रै ४ लाख ६० हजार ४७८ कित्ता शेयर १६ करोड ५० लाख रुपैयाँमा कारोबार भएको छ ।
Symbol | Turnover | Closing Price | |
---|---|---|---|
As of 2020-10-12 15:00:00 | |||
MNBBL | 165,008,821.00 | 368.00 | |
AHPC | 77,192,879.00 | 260.00 | |
KSBBL | 68,881,035.00 | 229.00 | |
NRIC | 53,276,432.00 | 860.00 | |
NICA | 50,811,628.00 | 580.00 | |
NHPC | 45,643,075.00 | 117.00 | |
API | 43,685,257.00 | 209.00 | |
KBL | 43,319,058.00 | 229.00 | |
NBL | 42,978,446.00 | 328.00 | |
JBBL | 42,353,687.00 | 207.00 |
यसैगरी अरुण भ्याली हाइड्रोपावरको ७ करोड ७१ लाख, कामना सेवा विकास बैंक ६ करोड ८८ लाख, नेपाल रि इन्स्योरेन्सको ५ करोड ३७ लाख, एनआईसी एशिया बैंकको ५ करोड ८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आजको बजारमा नेशनल हाइड्रोपावर, अपि पावर, कुमारी बैंक, नेपाल बैंक र ज्योति विकास बैंक शीर्ष कारोबार हुने दश कम्पनीभित्र समेटिएका छन् ।
- विकास बैंकमा आकर्षण
आजको बजारमा अधिकांश विकास बैंकहरुको शेयरमूल्य बढेको छ । शीर्ष शेयरमूल्य बढेका दश कम्पनीम आठवटा विकास बैंक रहेका छन् ।
मुक्तिनाथ विकास बैंकको शेयरमूल्य ९.८५ प्रतिशतले बढेको बजारमा कर्पोरेट डेभलपमेन्ट बैंक ५ , आईसीएफसी फाइनान्स ४.८८, कामना सेवा विकास बैंकको ४.५७ प्रतिशतले बढेको छ ।
तिनाउ डेभलपमेन्ट बैंक, मञ्जुश्री फाइनान्स, मितेरी डेभलपमेन्ट बैंक, कर्णाली विकास बैंक, ज्योति विकास बैंक र गरिमा विकास बैंकको पनि शेयरमूल्य बढेको छ ।
Symbol | LTP | Point Change | % Change |
As of 2020-10-12 15:00:00 | |||
MNBBL | 368.00 | 33.00 | 9.85 |
CORBL | 210.00 | 10.00 | 5.00 |
ICFC | 258.00 | 12.00 | 4.88 |
KSBBL | 229.00 | 10.00 | 4.57 |
TMDBL | 210.00 | 9.00 | 4.48 |
MFIL | 327.00 | 14.00 | 4.47 |
MDB | 379.00 | 15.00 | 4.12 |
KRBL | 156.00 | 6.00 | 4.00 |
JBBL | 207.00 | 7.00 | 3.50 |
GBBL | 270.00 | 9.00 | 3.45 |
- सबैको लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै घट्यो
आजको बजारमा सबैको लघुवित्तको शेयरमूल्य सबैभन्दा घटेको छ । लघुवित्तको शेयर ६.०५ प्रतिशत अर्थात ५५ रुपैयाँले घटेर ८५४ रुपैयाँमा झरेको छ ।
रिडी हाइड्रोपावर र सेन्ट्रल फाइनान्सको शेयरमूल्य ५ प्रतिशतले घट्दा गुहेश्वरी मर्चेन्ट, मल्टिपर्पस फाइनान्स, साञ्जेन जलविद्युत, बेष्ट फाइनान्स, र श्री इन्भेष्ट फाइनान्सको शेयरमूल्य ४ प्रतिशत धेरैले घटेको छ । जानकी फाइनान्स र समृद्धि फाइनान्स पनिआजको बजारमा शीर्ष गुमाउने दश कम्पनीको सूचीमा अटाएका छन् ।
Symbol | LTP | Point Change | % Change |
---|---|---|---|
As of 2020-10-12 15:00:00 | |||
SABSL | 854.00 | -55.00 | -6.05 |
RHPC | 194.00 | -12.00 | -5.83 |
CFCL | 172.00 | -9.00 | -4.97 |
GMFIL | 178.00 | -9.00 | -4.81 |
MPFL | 146.00 | -7.00 | -4.58 |
SJCL | 189.00 | -9.00 | -4.55 |
BFC | 147.00 | -7.00 | -4.55 |
SIFC | 201.00 | -9.00 | -4.29 |
JFL | 220.00 | -9.00 | -3.93 |
SFCL | 153.00 | -6.00 | -3.77 |
प्रतिक्रिया