घोडीघोडा लघुवित्तकाे निष्काशन बन्द भएको दोस्रो दिनमै शुक्रबार आईपीओ बाँडफाँड हुँदै

0
Shares

घोडीघोडा लघुवित्त वित्तीय संस्थाले आईपीओ निष्काशन बन्द भएको दोस्रो दिनमा नै शेयर बाँडफाँड गर्ने भएको छ। लघुवित्तको शेयर बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार शुक्रबार साढे ९ बजे क्यापिटलकाे कार्यालयमा आईपीओ बाँडफाँडको समय निर्धारण गरिएको छ ।

उच्च आवेदनका कारण लघुवित्तको आईपीओ ५ प्रतिशत भन्दा कम आवेदकले मात्रै पाउने भएका छने भने ९५ प्रतिशत आवेदकको हात खाली हुने निश्चित छ । 

बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार लघुवित्तको आईपीओमा कूल २ लाख ८६ हजार ५५ आबेदनबाट ४८ लाख ४८ हजार ८१० कित्ताशेयरको लागि आबेदन परेको हो । जसम्ध्ये ४९० आबेदनबाट माग गरेको ८ हजार ५९० कित्ता शेयर रद्ध भएको बिक्री प्रबन्धकले जनाएको छ ।  बाँकी २ लाख ८५ हजार ५६५ सदर आबेदनबाट ४८ लाख ४० हजार २२० कित्ता अर्थात ४८ करोड ४० लाख २२ हजार रुपैयाँ बराबरको शेयर माग भएको छ ।

धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार सर्वसाधारणलाई निष्काशनमा ल्याएको एक लाख २४ हजार ५९० कित्ता शेयर १० कित्ताका दरले वितरण गर्दा १२ हजार ४५९ जना आवेदकले मात्रै पाउनेछन् । आईपीओ पाउने आवेदन संख्या सदर आवेदनको ४.३६ प्रतिशत मात्रै हो । बाँकी ९५.६४ प्रतिशतले शेयर नपाउने भएका हुन् ।

कम्पनीले असार २० गते शुक्रबारदेखि २५ गते बुधबारसम्म जारी पूँजीको ४८ प्रतिशत बराबरको आईपीओ निष्काशन गरेको हो ।लघुवित्त कम्पनील प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरमा एक करोड ३२ लाख ६० हजार रुपैयाँ बराबरको एक लाख ३२ हजार ६०० कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

कूल निष्काशित आईपीओ मध्ये एक हजार ३८० कित्ता शेयर लघुवित्तका कर्मचारीलाई र ६ हजार ६३० सामुहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ भने एक लाख २४ हजार ५९० कित्ता शेयर सर्वसाधारणको लागि बिक्री खुला गरिएको थियो ।