घोडीघोडा लघुवित्तको आईपीओ बाडँफाँड, नतिजा नोटबजारमा 


घोडीघोडा लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणमा जारी गरेका एक लाख २४ हजार ५ सय ९० कित्ता आईपीओ शुक्रबार बाँडफाँड भएको छ ।  लघुवित्तको आईपीओ १२ हजार ४ सय ५९ आवेदकले दश कित्ताका दरले पाएका छन् । 

एक लाख २४ हजार ५ सय ९० कित्ता आईपीओका लागि कुल २ लाख ८६ हजार ५५ जनाले आवेदन गरेकोमा ४९०  जनाको रद्द भएको बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ । 

सदर भएका आवेदन  २ लाख ८५ हजार ५ सय ६५ मध्येबा गोलाप्रथा गर्दा १२ हजार ४ सय ५९ जनाले मात्र  १० कित्ताको दरले शेयर पाएका छन् । उक्त आईपीओमा आवेदन गर्ने  २ लाख ७३ हजार ५ सय ९६ आवेदकको हात खाली भएको छ । 

घोडीघोडा लघुवित्तले १ करोड ३२ लाख ६० हजार बराबरको १ लाख ३२ हजार ६ सय कित्ता शेयर निष्काशन गरेको हो । जस मध्ये १३८० कित्ता शेयर कर्मचारीलाई र ६ हजार ६३० सामुहिक लगानी कोषलाई सुरक्षित गरिएको छ ।

बाँकि रहेको १ लाख २४ हजार ५ सय ९० कित्ताको लागि सर्वसाधारणलाई वितरण गरिएको हो । आईपीओको नतिजा नोटबजारमा https://notebazar.com/ipo-result हेर्न सकिन्छ ।