प्रि-ओपनिङ्गमा कारोबारमा आएका सबै कम्पनीको शेयरमूल्यमा सुधार

0
Shares

नेप्सेको प्रि-ओपनिङ्ग सेसनमा बुधबार कारोबारमा आएका सबै २१ कम्पनीको शेयरमूल्यमा सुधार भएको छ ।

आजदेखि स्पेशल प्रि-ओपनिङ्गमा कारोबार भई सुचारु भएको जनरल इन्स्योरेन्सको समेत अधिकतम कारोबार रेञ्ज अर्थात ३०५ रुपैयाँमा २० कित्ता शेयर कारोबार भएको छ ।

कारोबारमा आएका २१ कम्पनीको शेयरमूल्य बढेको छ भने कुनैपनि कम्पनीको शेयरमूल्य घटेको छैन । जसमा १५ कम्पनीको शेयरमूल्य करिब ५ प्रतिशत हाराहारीमा नै बढेको हो ।

आज नेप्सेको प्रि-ओपनिङ्ग सेसनमा २१ कम्पनीका २ हजार ३१५ कित्ता शेयर ७ लाख २१ हजार ९७० रुपैयाँमा खरीद बिक्री भएका छन् ।
यस अवधिमा नेप्से ३.७६ अंकले बढेर १ हजार ५७२.३५ बिन्दुमा बन्द भएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २८ असाेज २०७७, बुधबार  ११ : ०३ बजे