शिवम् सिमेन्टसको लाभांश घोषणा

0
Shares

शिवम् सिमेन्टस् लिमिटेड (SHIVM) ले गत आर्थिक वर्ष २०७६/७७ बाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

कम्पनी सञ्चालक समितिको असोज २८ गते, बुधबार सम्पन्न बैठकले आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई कूल २४.२१ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

यसअनुसार कम्पनीले १ अर्ब ६ करोड ५२ लाख ४० हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्नेछ ।  प्रस्तावित लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र लगानीकर्ताले पाउनेछन् । 

 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २९ असाेज २०७७, बिहीबार  ११ : १३ बजे