स्टक ब्रोकर एसोसिएसन अफ नेपालले कार्तिक २१ गते संघको वार्षिक साधारण सभा आह्वान गरेको छ ।
संघको कार्यालय पुतलीसडकमा डाकिएको २६ औं वार्षिक साधारण सभाले नयाँ कार्यसमितिको निर्वाचन पनि गर्ने मुख्य एजेण्डा रहेको छ ।
यसैगरी सभाले कार्यसमितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने वार्षिक प्रतिवेदनमाथि छलफल गरि पारित गर्ने, कोषाध्यक्षले प्रस्तुत गर्ने वासलात, आयव्यय सहितको आर्थिक प्रतिवेदनमाथि छलफल गरि पारित गर्ने र आव २०७७।७८ का लागि लेखापरीक्षकको नियुक्ति गरि निजको पारिश्रमिक तय गर्ने लगायतका प्रस्ताव छ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया