काठमाडौं । लक्ष्मी ई–मोबिलिटी र जीओ अटोमोबाइल्सले संयुक्त रुपमा आयोजना गर्ने ‘केई एक्सचेन्ज कार्निभल २०८२’ भोलिदेखि सरु हुने भएको छ ।
थापाथलीस्थित केई शोरुम मा भोलि देखि सुरु हुने एक्सेन्ज मेला २८ गतेसम्म तीन दिनका लागि चल्ने छ ।
कार्निभल विद्युतीय सवारी साधनप्रेमीहरूका लागि विशेष आकर्षणको केन्द्र बन्ने कम्पनीको विश्वास छ ।
स्मार्ट र दिगो यातायात प्रणालीलाई प्रोत्साहन गर्ने उद्देश्यसहित आयोजना गरिएको यस कार्निभलमा ग्राहकहरूले जुनसुकै ब्रान्डका पुराना गाडी ल्याई उत्कृष्ट रिसेल मूल्यसहित सवारी मूल्याङ्कन गराउन सक्नेछन् ।
साथै, विशेष एक्सचेन्ज बोनस, नगद छुट, बीमा तथा सडक कर कभरेज जस्ता लाभदायक अफरहरू प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।
कार्निभलमा केई अटोका तीन विद्युतीय मोडलहरू ई–क्युट ०२, ई–क्युट ०४ र एक्स ३ प्रोलाई विशेष अफरका साथ एक्सचेन्ज गर्न सकिने कम्पनीले जनाएको छ । प्रत्येक मूल्याङ्कनमा दुई जनाका लागि क्यूएफएक्स सिनेमा टिकट पनि प्रदान गरिने कम्पनीले जनाएको छ ।
यस एक्सचेन्ज अफर अन्तर्गत ग्राहकहरुले ई–क्युट ०२ र ०४ मोडलका कारहरूमा विशेष छुट तथा बोनस र एक्स ३ प्रो इभी बुकिङ गर्दा ग्राहकले बोस्च वासिङ मेसिन र ई–क्युट गाडी खरिदमा बोस्च जेट कार वासर प्राप्त गर्न सक्नेछन् ।
एक्स ३ प्रो एसयुभीको मूल्य ४३ लाख ९६ लाखदेखि सुरु हुने र यसमा अधिकतम ६ लाख ५ हजार रुपैयाँसम्मको छुट पाउन सकिने कम्पनीले जनाएको छ ।
कार्निभलमा पारिवारिक मनोरञ्जनात्मक कार्यक्रमहरू, संगीत, खेलहरू लगायत सबै उमेरका दर्शकका लागि रमाइला गतिविधिहरू राखिएको आयोजकले जानकारी दिएका छन् ।
कार्निभलमा सहभागी भई एक्सेन्ज मेलाको भरपूर फाइदा लिन लक्ष्मी ई(मोबिलिटी र जीओ अटोमोबाइल्सले ग्राहकलाई आग्रह गरेका छन् ।












प्रतिक्रिया