माछापुच्छ्रे बैंकको कार्तिक ६ गते आह्वान गरिएको साधारण सभा स्थगित

0
Shares

माछापुच्छ्रे बैंक (MBL) बैंकले कार्तिक ६ गते आह्वान गरेको बैंकको २२ औं बार्षिक साधारण सभा स्थगित गर्ने निर्णय गरेको छ । बैंक सञ्चालक समितको असोज ३० गते शुक्रबार सम्पन्न ४३२ औं बैंकले वार्षिक साधारण सभा स्थगित गर्ने निर्णय गरेको हो ।

बैंकले कोरोना संक्रमणमा भैरहेको वृद्धि र आसन्न चाडपर्वको कारण शेयरधनीलाई साधारण सभामा भाग लिन कठिनाई हुने परिस्थितिलाई ध्यानमा राखी स्थगित गरिएको जनाएको छ ।

बैंकले साधारण सभाले आर्थिक वर्ष २०७६।७७ को नाफाबाट शेयरधनीलाई प्रस्तावित चुक्ता पूँजीको ७.०३ प्रतिशत बराबरको बोनस शेयर र करसहित ३.३७ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।