आइतबार प्रि-ओपनिङ्ग सेसनमा २४ करोड ४८ लाखको शेयर कारोबार

0
Shares

साताको पहिलो कारोबार दिन बिहीबारको प्रि-ओपनिङ्ग सेसनमा नेप्से ३.४४ अंकले बढेको छ ।

आज कारोबारमा आएका कूल १० कम्पनीमध्ये ९ कम्पनीको शेयरमूल्य बढेको छ भने एउटा कम्पनीको मात्र शेयरमूल्य घटेको छ । आज कुनैपनि कम्पनीको शेयरमूल्य स्थीर रहेको छैन ।

आइतबार प्रि ओपनिङ्ग सेसनमा नेप्से ३.४४ अंक बढेर १ हजार ५६५ दशमलव ९१ बिन्दुमा पुगेको हो ।

प्रि ओपनिङ्ग सेसनमा १० कम्पनीको ८ लाख १६ हजार ३७२ कित्ता शेयर २४ करोड ४८ लाख ६७ हजार ५९० रुपैयाँमा खरिद बिक्री भए ।

हिमालयन बैंकको ८ लाख १५ हजार १७२ कित्ता संस्थापक शेयर प्रतिकित्ता ३०० रुपैयाँ दरले २४ करोड ४५ लाख ५१ हजार ६०० रुपैयाँ बराबरको कारोबारमा आएपछि प्रि ओपनिङ्गमा नै उच्च रकमको कारोबार हुन पुगेको हो । यद्यपी नियमित कारोबार रकम भने ३ लाख १५ हजार ९९० रुपैयाँ मात्र रहेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २ कात्तिक २०७७, आइतबार  १० : ५० बजे