
नेपालीहरुको ठूलो महान चाड बडा दशैं सुरु भएपछि शेयर बजारमा त्यसको असर देखिएको छ । दैनिक २ अर्ब बढीको शेयर कारोबार हुँदै आइरहेको बजारमा साताको पहिलो कारोबार दिन कारोबार रकम सबा १ अर्ब रुपैयाँमा झरेको छ ।
लगानीकर्ता फेस्टिभ मुडमा लाग्दा बजारमा गरिएको लगानीबाट खर्च जोहो गर्ने क्रम बढेको छ । यसले नाफा आएका स्क्रिप्टहरुमा थोरै नाफा खाएर भएपनि सस्तो मूल्यमा शेयर बिक्री गर्नेहरु धेरै छ । यसले बजारमा खरीदभन्दा बिक्रीचाप उच्च छ भने शेयरमूल्य बढ्नेभन्दा शेयरमूल्य घट्ने कम्पनीको संख्या दोब्बर बढी देखिएको छ ।
आज १८७ कम्पनीको शेयर कारोबारमा आएकोमा ११० कम्पनीको शेयरमूल्य घटेको छ भने ३७ कम्पनीको मात्र शेयरमूल्य बढेको छ । १७ कम्पनीको शेयमूल्य स्थीर रहेको छ ।
आइतबार ४३ लाख ९५ हजार ६६९ कित्ता शेयर १७ हजार १२० पटक कारोबार हुँदा १ अर्ब २६ करोड ५१ लाख ४५ हजार रुपैयाँको खरीद बिक्री भएको छ । नेप्सेसँगै ठूला कम्पनीको शेयर मापक सूचक सेन्सेटिभ इन्डेक्स पनि घटेको छ ।
आज नेप्से ५.६६ अंक अर्थात ०.३६ प्रतिशतले घटेर १ हजार ५५६ दशमलव ८० बिन्दुमा अडिएको छ । यस्तै सेन्सेटिभ इन्डेक्स १.८१ अंकले घटेर ३०८ दशमलव २७ बिन्दुमा रहेको छ । बजार घटेसँगै समग्र बजार पूँजीकरण २० खर्ब ७८ अर्ब ७० करोड रुपैयाँमा संकुचित बनेको छ । आइतबार मात्रै पूँजीकरण ४० अर्ब रुपैयाँले घटेको हो ।
आज कारोबारमा आएका ब्यापार र निर्जीबन बीमा बाहेक दशवटा उपसमूहको परिसूचक घटेका छन् । ब्यापारमा १.२५ प्रतिशतले बढ्दा निर्जीबन बीमाको सूचक पनि ०.४१ प्रतिशतले बढेको छ । आजको बजारमा विकास बैंकको सूचक सबैभन्दा धेरै १.४२ प्रतिशतले घट्दा बैंकिङ्ग, होटल, जलविद्युत, वित्त, उत्पादन, लघुवित्त, अन्य, जीबन बीमा र म्युचुअल फण्डको सूचक पनि घटेका छन् ।
- जनरल इन्स्योरेन्समा सकारात्मक सर्किट ब्रेक
आजको बजारमा जनरल इन्स्योरेन्समा सकारात्मक सर्किट लागेको छ । गत बुधबार (असोज २८) देखि कारोबारमा आएको कम्पनीको शेयरमूल्य तेस्रोे कारोबार दिन सकारात्म सर्किट लागेको हो । प्रतिकित्ता ३०५ रुपैयाँमा शेयर कारोबार खुलेको कम्पनीको शेयर आइतबार ९९ रुपैयाँ बढेर ४०४ रुपैयाँ पुगेको छ ।
यसबीचमा कम्पनीको बुधबार १५० कित्ता, बिहीबार १३२ कित्ता र आइतबार २२२ कित्ता शेयर कारोबार भएको छ । भर्खरै आईपीओ जारी गरेको कम्पनीको शेयरमूल्य बढाउने उदेश्यका साथ शुक्रबार र आइतबार अडलट अर्थात २/२ कित्ताको कारोबार भएको देखिन्छ ।
| Symbol | LTP | Point Change | % Change |
| As of 2020-10-18 15:00:00 | |||
| GIC | 404.00 | 36.00 | 9.78 |
| ICFC | 280.00 | 14.00 | 5.26 |
| NLO | 199.00 | 9.00 | 4.74 |
| GLBSL | 701.00 | 28.00 | 4.16 |
| PROFL | 133.00 | 5.00 | 3.91 |
| HBLPO | 300.00 | 10.00 | 3.45 |
| RHPC | 175.00 | 5.00 | 2.94 |
| KRBL | 144.00 | 4.00 | 2.86 |
| EDBL | 315.00 | 7.00 | 2.27 |
| PFL | 183.00 | 4.00 | 2.23 |
यसैगरी आजको बजारमा आइसीएफसी फाइनान्सको शेयरमूल्य ५.२६ प्रतिशत, नेपाल ल्यूब आयल ४.७४ र गुराँस लघुवित्तेको शेयरमूल्य ४.१६ प्रतिशतले सुधारिएको छ । प्रागेशिभ फाइनान्स, हिमालयन बैंक संस्थापक, रिडी हाइड्रोपावर, कर्णाली डेभलपमेन्ट बैंक, एक्सेल डेभलपमेन्ट बैंक र पोखरा फाइनान्स शीर्ष शेयरमूल्य बढ्नृ दश कम्पनीमाभित्र अटाएका छन् ।
- रैराङ्ग हाइड्रोपावरको धेरै घट्यो
आइतबार कारोबारमा आएका कम्पनीमध्ये रैराङ्ग हाइड्रोपावरको शेयरमूल्य धेरै घटेको छ । कम्पनीको प्रतिकित्ता १५ रुपैयाँ अर्थात ७.५४ प्रतिशतले घटेर १८४ रुपैयाँमा झरेको हो ।
यसैगरी नेपाल फाइनान्सको ६.२९, अरुण भ्याली ५.१७, घलेम्दी हाइड्रोपावर ४.२४ प्रतिशतले घटेको छ । समृद्धि फाइनान्स, गुहेश्वरी मर्चेन्ट, बरुण हाइड्रोपावर, अपि पावर, लुम्बिनी विकास बैंक, सांग्रीला डेभलपमेन्ट बैंकको पनि शेयरमूल्य घटेको छ ।
| Symbol | LTP | Point Change | % Change |
|---|---|---|---|
| As of 2020-10-18 15:00:00 | |||
| RRHP | 184.00 | -15.00 | -7.54 |
| NFS | 313.00 | -21.00 | -6.29 |
| AHPC | 220.00 | -12.00 | -5.17 |
| GHL | 113.00 | -5.00 | -4.24 |
| SFCL | 135.00 | -5.00 | -3.57 |
| GMFIL | 169.00 | -6.00 | -3.43 |
| BARUN | 172.00 | -6.00 | -3.37 |
| API | 187.00 | -6.00 | -3.11 |
| LBBL | 211.00 | -6.00 | -2.76 |
| SADBL | 179.00 | -5.00 | -2.72 |
- हिमालयन बैंक संस्थापकको उच्च कारोबार
आज कर्मचारी सञ्चय कोषले खरीद गरेपछि हिमालयन बैंक संस्थापकको उच्च कारोबार भएको छ । बैंकको प्रि ओपनिङ्ग सेसनमा बल्क ट्रेडिङ्गबाट बैंकको ८ लाख १५ हजार १७२ कित्ता शेयर प्रतिकित्ता ३०० रुपैयाँका दरले २४ करोड ४५ लाख ५१ हजार ६०० रुपैयाँ बराबरको शेयर बिक्री भएको हो ।
उक्त शेयर ज्योति ग्रुपले ब्रोकर नम्बर ४३ बाट बिक्री गरेर ४० नम्बर शेयर ब्रोकर मार्फत कर्मचारी सञ्चयकोषले खरीद गरेको छ ।
यसैगरी नेपाल रि इन्स्योरेन्सको ५ करोड ८५ लाख, आइसीएफसी फाइनान्सको ३ करोड ९६ लाख, नागरिक लगानी कोषको ३ करोड ९५ लाख, नेपाल बैंकको ३ करोड ५४ लाख, र अरुण भ्याली हाइड्रोपावरको ३ करोड ५० लाखको शेयर कारोबार भएको छ ।
अरुण काबेली पावर, बैंक अफ काठमाण्डू संस्थापक, शिखर यन्स्योरेन्स र कुमारी बैंकको पनि उच्च कारोबार भएको छ । रकमका आधारमा दशौं ठूलो शेयर कारोबार भएको कुमारी बैंकको २ करोड ३७ लाख बढीको शेयर खरीद बिक्री भएको हो ।
| Symbol | Turnover | Closing Price | |
|---|---|---|---|
| As of 2020-10-18 15:00:00 | |||
| HBLPO | 244,551,600.00 | 300.00 | |
| NRIC | 48,531,217.00 | 850.00 | |
| ICFC | 39,656,508.00 | 280.00 | |
| CIT | 39,526,945.00 | 3,531.00 | |
| NBL | 35,485,833.00 | 322.00 | |
| AHPC | 35,042,550.00 | 220.00 | |
| AKPL | 29,365,416.00 | 249.00 | |
| BOKLPO | 24,695,228.16 | 147.00 | |
| SICL | 24,235,988.00 | 1,331.00 | |
| KBL | 23,783,661.00 | 222.00 | |
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया