गुराँस लाइफको लिलामी शेयर नपाउनेले मंगलबारदेखि रकम फिर्ता पाउने

0
Shares

गुराँस लाइफ इन्स्योरेन्स कम्पनी (GLICL) को लिलामी शेयर नपाउनेले मंगलबारदेखि रकम फिर्ता पाउने भएका छन् ।

इन्स्योरेन्सको शेयर लिलामीको बिक्री प्रबन्धक एनएमबि क्यापिटलले कार्तिक ४ गते मंगलबारदेखि अवितरित हकप्रद शेयर बाँडफाँडपछि कम्पनीले शेयर बाँडफाँडमा नपरेको शेयर बापतको रकम शेयर लिलामीमा आवेदन फारममा उल्लेख गरेको बैंक खातामा नै फिर्ता पाउने जनाएको छ ।

नेपाल क्लियरिङ हाउसमा आवद्ध बैंक तथा वित्तीय संस्थालाई आइपीएस मार्फत बैंक खातामा रकम फिर्ता गरिने जनाइएको छ । लिलामी शेयर असोज २६ गते शिलबन्दी बोलपत्र खोली प्रचलित कानुन बमोजिम कार्तिक २ गते बाँडफाँड भएको हो ।

इन्स्योरेन्सको सर्वसाधरण समूहको शेयरमा ६०४ रुपैयाँ र संस्थापक समूहको शेयरमा १६६ रुपैयाँ कट अफ प्राइस कायम भएको थियो। यसअनुसार सर्वसाधारण शेयका लागि प्रतिकित्ता ६०४ रुपैयाँ र सवाएसाधारण शेयरका लागि १६६ रुपैयाँ तोकेर शिलबन्दी बोलपत्र पेश गरेका लगानीकर्ताले शेयर सकारेका थिए ।

कम्पनीले गत असार १४ गतेदेखि साउन ४ गतेसम्म निष्काशन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन नपरेको ३ लाख ३७ हजार ५ सय ६५ कित्ता संस्थापक र २ लाख ५२ हजार ४ सय ४९ कित्ता सर्वसाधारण समूहको गरी कूल ५ लाख ९० हजार १४ कित्ता शेयर असोज १३ गते मंगलबारदेखि असोज १९ गते, सोमबारसम्म लिलाम बढाबढ गरी बिक्री गरेको थियो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।