प्रुडेन्सियल इन्स्योरेन्सको साढे २० लाख कित्ता संस्थापक शेयर सर्वसाधारणमा परिवर्तन

0
Shares

प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको २० लाख ५२ हजार ८६४ कित्ता संस्थापक शेयर सर्वसाधारण शेयरमा परिवर्तन भएको छ । कम्पनीको २० लाख ५२ हजार ८६४ कित्ता संस्थापक शेयर सर्वसाधारण शेयरमा परिवर्तन भएको हो ।

नेप्सेको कात्तिक २ गतेको निर्णय अनुसार उक्त शेयर सर्वसाधारण समुहमा अभिलेख गरी कारोबार योग्य भएको छ । कम्पनीको असोज २८ गतेको तथा बीमा समितिको भदौ १४ गतेको शेयर संरचना परिवर्तन गर्ने र कम्पनी रजिष्ट्रारको कार्यालयबाट असोज १९ गते प्रबन्धपत्र तथा नियमावलीमा भएको संसोधन भएअनुसार कम्पनीको शेयर संरचना परिवर्तन भएको हो ।

शेयर संरचना परिवर्तन भएसँगै अब कम्पनीमा संस्थापक समुहतर्फ ६० प्रतिशत र सर्वसाधारण समुहतर्फ ४० प्रतिशत अनुपात कायम भएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।