युनाईटेड इन्स्योरेन्सको बीमाशुल्कमा ४४ प्रतिशतको वृद्धि

0
Shares

युनाईटेड इन्स्योरेन्स कम्पनी नेपाल (UIC) ले कोरोना महामारीको विषम परिस्थितिमा समेत अघिल्लो आ.व. को प्रथम त्रैमासिकको तुलनामा चालु आर्थिक वर्षको सोहि अवधिमा ४४ प्रतिशतले वृद्धि गरेको छ ।

कम्पनीले गत आर्थिक वर्षको पहिलो त्रैमासिकमा १८ करोड ५३ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेकोमा यस बर्षको सो अविधिमा २६ करोड ७४ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको हो ।

युनाईटेडले वर्तमान समयमा ग्राहक सेवा, दाबी भुक्तानी प्रकृयाका साथै ग्राहकमुखी बजार क्रियाकलापमा व्यापक सुधार गरी लोकप्रियता हासिल गरेको कम्पनीले जनाएको छ

कम्पनीले आगामी दिनमा पनि आफ्ना ग्राहकका लागि सरल, सहज र सुपथ सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।