नेपाल ल्युब आयल र गोर्खाज फाइनान्सको साधारण सभा आज

0
Shares

नेपाल ल्युब आयल लिमिटेड र गोर्खाज फाइनान्सले आज साधारण सभा आह्वान गरेका छन् ।

नेपाल ल्युब आयलले संस्थाको कार्यालय, झम्सिखेलबाट उन्नतिसौँ वार्षिक साधारण सभा र फाइनान्सले २५ औँ वार्षिक साधारण सभा होटल क्राउन ईम्पेरियल, सोल्टीमोड, काठमाडौँबाट साधारण सभा सञ्चानज हुनेछ । ल्यूब आयले बिहान साढे ११ बजे र फाइनान्सले ११ बजेदेखि जुम प्रविधि मार्फत सभा सञ्चालन गर्न लागेका हुन् ।

नेपाल ल्युब आयल (NLO) को उन्नतिसौँ वार्षिक साधारण सभाले सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

कम्पनीले लाभांश र साधारण सभा प्रयोजनका लागि असोज २२ गतेदेखि शेयर दाखिल खारेजी (बुकक्लोज) गरेको थियो । यसअनुसार असोज २१ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरूले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्नेछन् ।

यसैगरी गोर्खाज फाइनान्स (GUFL) ले पनि बुधबार नै साधारण सभा बोलाएको छ । गत आव २०७६/७७ बाट फाइनान्सले शेयरधनीलाई कुनैपनि लाभांश प्रस्ताव गरेको छैन ।

साधारण सभाले सञ्चालक समितिलाई अन्य बैंक तथा वित्तीय संस्थासँग एक आपसमा गाभ्ने/गाभिने वा प्राप्ती गर्ने तथा रणनीतिक साझेदारीमा जना उपयुक्त देखिए त्यस सम्बन्धी सम्पूर्ण कार्य गर्ने अख्तियारी दिने विषेश प्रस्ताव पारित गर्नेछ ।

यसैगरी संस्थापक शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने एक जना सञ्चालक र सर्वसाधारण शेयरधनीहरुको तर्फबाट एक जना सञ्चालकको नियुक्तीलाई बाँकी कार्यकालको लागि अनुमोदन गर्ने, सञ्चालक समितिको प्रतिवेदन, नाफा नोक्सान हिसाब लगायतको विषयहरु समेत छलफल गरी पारित गर्नेछ।

फाइनान्सले साधारण सभा प्रयोजनका लागि असोज १८ गतेदेखि शेयर दाखिल खारेजी (बुकक्लोज) गरेको थियो । यसअनुसार असोज १७ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।

उता नेपाल इन्भेष्टमेन्ट बैंकको सहायक कम्पनी एनआईबिएल एस क्यापिटल लिमिटेडले पनि बुधबार नै आठौँ वार्षिक साधारण सभा बोलाएको छ । उक्त सभा एनआईबिएल एस क्यापिटल लिमिटेडको सभाहल, लाजिम्पाटमा बिहान ११ बजे बोलाइएको छ ।

कम्पनीको आठौँ वार्षिक साधारण सभाले सञ्चालक समितिको तर्फबाट प्रस्तावित २२.२२ प्रतिशतले हुन आउने ६ करोड रूपैयाँ बराबरको नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव अनुमोदन गर्नेछ ।

आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गर्नेछ ।  यसैगरी सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६।७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, आव २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि साधारण सभामा रहेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: ५ कात्तिक २०७७, बुधबार  ०९ : ०८ बजे