नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सिटिजन्स बैंकलाई मंगलबार ७२ घण्टे स्पष्टिकरण सोधेको छ । बैंकले लाभांश घोषणा गर्दा धितोपत्र विनियम २०७५ अनुसार भएको व्यवस्था पालना नगरेकाले स्पष्टिकरण सोधेको हो ।
उक्त व्यवस्थामा धितोपत्र मूल्यमा प्रभाव पार्ने सूचना तथा जानकारी तथा निर्णय सृजना भएमा सोही दिन वा भोलिपल्ट कारोबार खोल्नुअघि सञ्चालक समितिको बैठक बसेको समय समेत उल्लेख गरी उपलब्ध गराउनुपर्ने प्रावधान रहेको छ ।
नेप्सेका अनुसार बैंकले शेयर कारोबार समयमा बैंकले लाभांश घोषणा गरेको र उक्त लाभांश घोषणाबारे नेप्सेमा जानकारी गराइएको पत्रमा सञ्चालक समितिको बैठक बसेको समय समेत उल्लेख नगरेको जनाइएको छ ।
यस सम्बन्धमा बैंकलाई आफ्नो भनाई लेखेर ३ दिनभित्र जवाफ पठाउन नेप्सेले निर्देशन दिएको छ ।
बैंक सञ्चालक समितिको कार्तिक ३ गते सम्पन्न सञ्चालक समितिको बैठकले शेयरधनीलाई चुक्ता पूँजीको ७.७० प्रतिशत बोनस शेयर र ३.३० प्रतिशत नगद लाभांश घोषणा गरेको थियो।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया