तीन दिन एउटै मूल्यमा कारोबार भएको सुनको भाउ बुधबार बढ्यो

0
Shares

दशैं लागेपछि सुन तथा चाँदीको भाउमा वृद्धि भएकोछ । आइतबारदेखि मंगलबार तीन दिनसम्म एउटै मूल्यमा कारोबार भएको सुनको भाउ बुधबार भने बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा ८०० रुपैयाँले बढेको छ । यस्तै आज चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले वृद्धि भएको छ ।

महासंघले बुधबारका लागि छापावाला सुनको भाउ प्रतितोला ९५ हजार ५०० रुपैयाँ, तेजावी सुनको ९५ हजार रुपैयाँ र चाँदीको भाउ तोलाको १ हजार २४० रुपैयाँ तोकेको छ ।

महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ८१ हजार ८७५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ८१ हजार ४४५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ६३ रुपैयाँ कायम गरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाला सुनको भाउ ९४ हजार ७०० रुपैयाँ, तेजावी सुनको भाउ ९४ हजार २०० रुपैयाँ र चाँदीको भाउ १ हजार २१० रुपैयाँमा कारोबार भएको थियो। आइतबारदेखि मंगलबारसम्म सुन एउटै दरमा कारोबार भएपनि चाँदीको भाउमा भने आइतबार र सोमबार स्थीर रहेपनि मंगलबार र बुधबार भने बढेको छ ।

दशैं लागेपछि सुन तथा चाँदीको भाउमा वृद्धि भएको हो । नेपालीहको चाडवाडको समयमा सुन तथा चाँदीको गरगहना जोड्ने गरेका छन् । यसले पनि मूल्य वृद्धिलाई सघाउ पुर्याउने गरेको छ । यद्यपी नेपालमा सुनको भाउ अन्तराष्ट्रिय बजारमा भएको मूल्यवृद्धिलाई आधार मानेर सुनचाँदी व्यवसायी महासंघले मूल्य निर्धारण गर्ने गरेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ५ कात्तिक २०७७, बुधबार  ११ : ३२ बजे