नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेड योजना व्यवस्थापक रहेको सामूहिक लगानी कोषहरु नबिल ब्यालेन्स्ड फण्ड २ र इक्विटी फण्डले गत आर्थिक वर्ष २०७६/७७ बाट प्रस्ताव गरेको प्रतिफल (नगद लाभांश) वितरण गरेका छन् ।
दुबै फण्डले भदौ २४ गते बुधबारसम्म नेप्सेमा कारोबार भई कायम रहेका इकाइधीहरुलाई उनीहरुको डिम्याट खातामा उल्लेख भएको बैंक खातामा लाभांश जम्मा गरेका हुन् । प्रतिफल वितरणका लागि दुबै फण्डले भदौ २५ गते एक दिनका लागि बुक क्लोज गरेका थिए ।
आर्थिक वर्ष २०७६/७७ बाट नबिल ब्यालेन्स्ड फण्ड २ ले इकाईधनीहरूलाई कर सहित ९ प्रतिशत (१० करोड ८ लाख रूपैयाँ) र नबिल इक्विटी फण्डले इकाईधनीहरूलाई कर सहित ६ प्रतिशत (७ करोड ५० लाख रूपैयाँ) प्रतिफल वितरण गरेको हो ।
हालसम्म पनि इकाइधनी प्रमाणपत्र अभौतिकिकरण नगराएहरुलाई डिम्याट गर्न र हितग्राही खातामा बैंक खाता अद्यावधिक गराउन दुबै फण्डले इकाईधनीहरुलाई आग्रह गरेको छन् ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया