नेप्सेमा लगातार तेस्रो दिन दोहोरो अंकको वृद्धि, आकर्षक लाभांशले बढायो एनआईसीएको कारोबार

0
Shares

शेयर बजार लगातार तीन दिन दोहोरो अंकले बढ्दा बजार सूचक मापक नेप्से ४०.७४ अंकले बढेको छ । आइतबार ५.६६ अंकले घटेको नेप्से सोमबार १३.५८ अंक, मंगलबार १३.२२ अंकपछि बुधबार पनि १३.९४ अंकले बढेको हो ।

वित्तीय प्रणालीमा अधिक तरलता र शेयर कारोबारको भुक्तानी दशैंपछि गरे हुनेभएपछि दशैं खर्च निकाल्दा घटेको कारोबार रकममा पनि दिनप्रतिदिन सुधार हुादै गएको छ ।

सोमबार ९७ करोडमा झरेको कारोबार रकम मंगलबार १२७ करोड र बुधबार आउँदा १६३ करोड नाघेको छ । दशैंपछि शेयर बजार बढ्ने आशामा लगानीकर्ताले बजारमा लगानी बढाएका हुन् ।

मंगलबार गत आर्थिक वर्ष २०७६।७७ बाट १९ प्रतिशतको आकर्षक बोनस शेयर वितरण गर्ने घोषणा गरेको एनआईसी एशिया बैंकको आज उच्च कारोबार भएको छ । बैंकको आज ३ लाख ९९ हजार ५१३ कित्ता शेयर २४ करोड २९ लाख ५७ हजार रुपैयाँमा खरीद बिक्री भएको छ । यो रकम आज कारोबार भएको १९२ कम्पनीको कूल कारोबार रकमको १५ प्रतिशत बैंकको एक्लैको कारोबार भएको हो ।

  • आठ उपसमूहका सूचक सकारात्मक

आज कारोबारमा आएका आठ उपसमूहका सूचक सकारात्मक भएका छन् । जसमध्ये ब्यापार उपसमूहको सूचक २.१९ प्रतिशतले बढ्दा बैंकिङ्ग इक्डेक्स पनि १.७१ प्रतिशतले उकालो लागेको छ । म्युचुअल फण्ड, निर्जीबन बीमा, जीबन बीमा, विकास बैंक, अन्य र लघुवित्तको सबइन्डेक्स पनि बढेका छन् ।

कारोबारमा आएका चार उपसमूहका सूचक घटेकोमा जलविद्युतको सूचक सबैभन्दा धेरै १.०१ प्रतिशतले घटेको छ भने होट उत्पादन र वित्त पनि घटेका छन् ।

आज कुमारी बैंकको दोस्रो ठूलो कारोबार भएको छ । बैंकको ८ करोड ३९ लाखको कारोबार भएको बजारमा नेपाल बैंक ७ करोड ४३ लाख, र हिमाल दोलखा हाइड्रोपावरले ६ करोड ६३ लाखको कारोबार गर्दै पच्छाएका छन् ।

ग्लोबल आइएमई बैंक, एनएमबि बैंक, अपि पावर, एभरेष्ट बैंक, लक्ष्मी बैंकको संस्थापक र मेगा बैंक शीर्ष कारोबार हुने दश कम्पनीभित्र समेटिएका छन् ।

  • जनरल इन्स्योरेन्सको शेयरमूल्यमा छैटौं दिन सर्किट ब्रेक

जनरल इन्स्योरेन्सको आजपनि शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । बैंकको छैटौं कारोबार दिन शेयरमूल्यमा सर्किट ब्रेक भएको हो । प्रतिकित्ता ३०५ मा कारोबार खुलेको बैंकको ७५ प्रतिशतले शेयरमूल्य बढेर ५३६ रुपैयाँ पुगेको छ ।

नेपाल हाइड्रो डेभलोपर, सांग्रिला डेभलपमेन्ट बैंक, र एनआईसी एशिया बैंकको ४ प्रतिशत धेरैले बढेको आजको बजारमा कुमारी बैंक, साल्ट्र ट्रेडिङ कर्पोरेशन, गुडविल फाइनान्स, मेगा बैंक, सनराइज र नेपाल बैंकको पनि २ प्रतिशतभन्दा धेरैले शेयरमूल्यमा सुधार भएको छ ।

Symbol LTP Point Change % Change
As of 2020-10-21 15:00:00
GIC 536.00 48.00 9.84
NHDL 256.00 11.00 4.49
SADBL 190.00 8.00 4.40
NICA 605.00 24.00 4.13
KBL 236.00 9.00 3.96
STC 3,596.00 96.00 2.74
GFCL 196.00 5.00 2.62
MEGA 236.00 6.00 2.61
SRBL 248.00 6.00 2.48
NBL 334.00 8.00 2.45
  • हाइड्रोपावरका लगानीकर्ता धेरै गुमाउने सूचीमा

आजको बजारबाट हाइड्रोपावरका लगानीकर्ता धेरै गुमाउने सूचीमा परेका छन् , शीर्ष शेयरमूल्य घट्ने दश कम्पनीको सूचीमा ९ वटा हाइड्रोपावर रहेको छ । नेपाल फाइनान्स बाहेक सबै हाइड्रोपावर छन् ।

नेपाल फाइनान्सको शेयरमा लगानी गरेका लगानीकर्ताले सबैभन्दा धेरै ५ प्रतिशतले गुमाएका छन् । फाइनान्सको शेयरमूल्य १६ रुपैयाँ घटेर ३०१ मा झरेको छ ।

यसैगरी खानीखोला हाइड्रोपावर, आँखखोला हाइड्रोपावर, पञ्चकन्या माई, नेशनल हाइड्रोपावर, र छ्याङ्दी हाइड्रोपावरको शेयरमूल्य ४ प्रतिशत बढीले घटेको छ । युनियन हाइड्रोपावर, घलेम्दी, कालिका पावर, र रिडी हाइड्रोपावरको शेयरमा लगानी गरेकाले पनि आजको बजारबाट गुमाएका छन् ।

Symbol LTP Point Change % Change
As of 2020-10-21 15:00:00
NFS 301.00 -16.00 -5.05
KKHC 121.00 -6.00 -4.72
AKJCL 121.00 -6.00 -4.72
PMHPL 148.00 -7.00 -4.52
NHPC 113.00 -5.00 -4.24
CHL 163.00 -7.00 -4.12
UNHPL 123.00 -5.00 -3.91
GHL 130.00 -5.00 -3.70
KPCL 182.00 -7.00 -3.70
RHPC 184.00 -7.00 -3.66

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ५ कात्तिक २०७७, बुधबार  १६ : ५८ बजे