अब लगानीकर्ताले घरबाटै सबै निकायमा केवाइसी अपडेट गर्न पाउने, धितोपत्र बोर्डले गर्यो निर्देशिका स्वीकृत


नेपाल धितोपत्र बोर्डले कोभिड १९ असहज परिस्थितीमा ग्राहकको विबरण सहज रुपमा अद्यावधिक गराउनका लागि निर्देशिका स्वीकृत गरेको छ । बोर्डले केन्द्रिय निक्षेप प्रणाली (सिडिएससी) ले स्वीकृतिका लागि बोर्डमा बुझाएको केन्द्रीकृत बिद्युतीय ग्राहक पहिचान विवरण (केवाईसी) सेवा सम्वन्धी कार्य संचालन निर्देशिका, २०७७ लाई स्वीकृत गरेको हो ।

केन्द्रीकृत बिद्युतीय ग्राहक पहिचान विवरण (केवाईसी) सेवा सम्वन्धी कार्य संचालन निर्देशिका, २०७७ कार्यान्वयनमा आए पश्चात धितोपत्र बजारमार्फत सेवा लिन चाहने लगानीकर्ताले एकै खालको विवरण धेरै ठाउँमा पेश गर्नुपर्ने झण्झटिलो व्यवस्थामा कमी धितोपत्र बोर्डले विश्वास छ ।

यो निर्देशिका स्वीकृत भएसँगै अब लगानीकर्ताले धरमा बसेर अद्यावधिक गरेको आफ्नो विबरण बजारसम्बद्ध सबै निकायमा अपडेट हुने व्यवस्था हुनेछ । लगानीकर्ताहरुले घरैबाट केवाइसी प्रतिनिधिको अधिकार प्राप्त व्यक्ति वा कर्मचारी मार्फत वा केवाईसी दर्ता प्रतिनिधिकोमा आफै व्यक्तिगत पहिचान सहितको केवाईसी विवरण भर्न सक्ने व्यवस्था गरिएको बोर्डले जनाएको छ ।

केवाईसी विवरण धितोपत्र बजार भित्र सबै निकायले प्रयोग गर्न सक्ने गरी व्यवस्था गर्न साथै कोरोना महामारीमा धितोपत्र व्यवसायीकोमा ग्राहकले आफूले भर्नु पर्ने ग्राहक पहिचान विवरणलाई सहज र सरल बनाउन उक्त निर्देशिका स्वीकृत गरेको बोर्डको भनाई छ ।

निर्देशिकामामा ग्राहकको विद्युतीय केवाईसी दर्ता प्रतिनिधि सम्वन्धी व्यवस्था, विद्युतीय केवाईसी प्रणालीको विकास सम्वन्धी व्यवस्था, ग्राहकले धितोपत्र कारोवार वा सो सम्वन्धी सेवा लिन विद्युतीय केवाईसी दर्ता गर्नु पर्ने सम्वन्धी व्यवस्था गरिएको छ । केवाईसी विवरण प्रयोग सम्बन्धी व्यवस्था, केवाईसी विवरणलाई परिष्कृत गरी लागु गरिने सम्वन्धी व्यवस्था, ग्राहकको केवाईसी विवरणको गोपनियता तथा सुरक्षा सम्वन्धी व्यवस्था, केवाईसी विवरणको दुरुपयोग गरेमा कानुनी कारवाही सम्वन्धी व्यवस्था पनि निर्देशिकाले गरेको छ ।

यसले लगानीकर्तालाई धितोपत्र कारोबार प्रक्रियामा थप सहज एवं सरल हुने तथा समग्र धितोपत्र बजार प्रविधिमैत्री हँुदै गई बजार विकासमा समेत थप टेवा पुग्ने बोर्डको अपेक्षा छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।