राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गर्यो कक्षा १२ को परीक्षा तालिका

0
Shares

राष्ट्रिय परीक्षा बोर्डले बुधबार कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक गरेको छ । कोरोना संक्रमणका कारण स्थगित भएको परीक्षा मंसिर ९ गतेदेखि सञ्चालन हुने बोर्डले जनाएको छ ।

बोर्डका अनुसार यस पटक ४० अंकको मात्र लिखित परीक्षा हुनेछ । ४० अंक कक्षा ११ को पढाइलाई आधार मानेर प्रदान गरिने भएको छ भने विद्यार्थी अध्ययन गरेको विद्यालय आफैँले मूल्यांकन गरेर २० अंक प्रदान गर्नेछ।

बोर्डका परीक्षा नियन्त्रक कृष्ण शर्माका अनुसार यस पटकको कक्षा १२ को परीक्षामा ४ लाख ३२ हजार ५ सय सहभागी हुँदैछन् । कोरोना संक्रमणका कारण यस पटक कोरोना संक्रमण पुष्टि भएर परीक्षामा सामेल हुन नसक्ने परीक्षार्थीहरुका लागि अर्को परीक्षा सञ्चालन हुने नियन्त्रक शर्माले जानकारी दिए ।

परीक्षामा सामेल हुनसक्ने परीक्षार्थीलाई भने छुटै स्थानको व्यवस्था गरिने उनले बताए । यस पटक शनिबारको दिन पनि परीक्षा सञ्चालन हुने भएको छ ।

  • परीक्षा तालिकाको पूरा विवरण हेर्न यस लिङ्कमा क्लिक गर्नुहोस्

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ५ कात्तिक २०७७, बुधबार  १८ : ०१ बजे