बडा दशैंअघिको अन्तिम कारोबार दिन कार्तिक ६ गते बिहीबारको प्रि-ओपनिङ्ग सेसनमा नेप्से ११.४० अंकले बढेको छ । नेप्से ११.४० अंकले बढ्दा सूचक १ हजार ६०९ दशमलव १२ बिन्दुमा पुगेको हो ।
आज कारोबारमा आएका कूल १७ कम्पनीमध्ये १५ कम्पनीको शेयरमूल्य बढेको छ भने दुई कम्पनीको शेयरमूल्य स्थीर छ । कुनैपनि कम्पनीको शेयरमूल्य नघटेको आजको बजारमा ११ कम्पनीको शेयरमूल्य ४ प्रतिशत धेरैले बढेको छ । रिलायन्स लाइफ इन्स्योरेन्स र नेपाल एसबिआई बैंकको मात्र शेयरमूल्य स्थीर रहेको छ ।
आज प्रि ओपनिङ्ग सेसनमा १७ कम्पनीको ४ हजार २७० कित्ता शेयर १४ लाख ८९ हजार ८० रुपैयाँमा खरिद बिक्री भएका छन् । लगानीकर्तालाई दशैंले छोपेपछि प्रि ओपनिङ्गमा हुने कारोबार हुने कम्पनी र कारोबार रकम दुबै घटेको छ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया