नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बिहीबार नेपाल फाइनान्स लिमिटेडको शेयरमूल्य समायोजन भएको छ ।
फाइनान्स कम्पनीले जारी गर्न लागेको १२५ प्रतिशत हकप्रद शेयरमा मूल्य समायोजन भएको हो । नेप्सेले हकप्रद समायोजन गरी फाइनान्सको प्रतिकित्ता १८९ रुपैयाँ कायम गरेको हो ।
नेपाल फाइनान्स कम्पनीले नियामक निकाय धितोपत्र बोर्डबाट असोज १९ गते चुक्ता पूँजीको १२५ प्रतिशत हकप्रद शेयर जारी गर्न स्वीकृत पाएको थियो । यसअनुसार फाइनान्स कम्पनीले एक बराबर १.२५ अनुपातमा १६ लाख ९७ हजार ५०६ दशमलव २५ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ ।
फाइनान्स कम्पनीले हकप्रद निष्काशनका लागि प्रभु क्यापिटल लिमिटेडलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धक तोकेको छ ।
हाल फाइनान्सको चुक्ता पूँजी १३ करोड ५८ लाख रुपैयाँ रहेको छ । १२५ प्रतिशत प्रतिशतले हुन आउने १६ करोड ९७ लाख ५० हजार रुपैयाँको हकप्रद बिक्रीपछि फाइनान्स कम्पनीको चुक्ता पूँजी ३० करोड ५५ लाख ५१ हजार रुपैयाँ पुग्नेछ ।
कम्पनीले नियामक निकाय नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार ८० करोड रुपैयाँ चुक्ता पूँजी कायम गर्नका लागि फाइनान्सले असोज १० गते शनिबार एकसाथ सम्पन्न भएको ८ आर्थिक वर्षको साधारण सभाले अर्को १७५ प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव पारित गरेको थियो।
जसअनुसार फाइनान्सले १२५ प्रतिशत हकप्रद पश्चात कायम हुने चुक्ता पूँजी ३० करोड ५५ लाख ५१ हजार रुपैयाँको १७५ प्रतिशत अर्थात ५३ करोड ४७ लाख १४ हजार रुपैयाँको हकप्रद जारी गरी ८४ करोड २ लाख ६५ हजार ५९४ रुपैयाँ कायम गर्ने प्रस्ताव अनुमोदन भएको हो ।
अब फाइनान्सले उक्त हकप्रद जारी गर्नका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिनेछ । बोर्डबाट स्वीकृती पाएपछि मात्र उक्त हकप्रद बिक्रीमा आउनेछ । कम्पनीले साधारण सभाबाट पारित गरेपनि क्रेडिट रेटिङ्ग लगायतका काम गर्न भने बाँकी नै रहेको छ ।
निजी क्षेत्रको पहिलो फाइनान्स कम्पनीको रुपमा नेपाल फाइनान्स विसं २०४९ सालमा स्थापना भएको थियो।
नेपाल राष्ट्र बैंकबाट ग वर्गको मान्यता प्राप्त राष्ट्रिय स्तरको नेपाल फाइनान्स २०७१ पुस १७ गतेदेखि समस्याग्रस्त वित्तीय संस्था घोषणा भई व्यवसायिक कारोबार रोक्का रहेकोमा राष्ट्र बैंकको २०७६ पुस २० गते बसेको बैठकले समस्यागस्त अवस्थाबाट सशर्त फुकुवा गरेको थियो ।
सम्बन्धीत थप समाचारहरुः
- नेपाल फाइनान्सको १२५% हकप्रद स्वीकृत, पूँजीवृद्धिका लागि अर्को १७५% पनि आउने
-
नेपाल फाइनान्सको ८ वटा साधारण सभा एकसाथ सम्पन्न, हकप्रद बिक्री गरेर थप पूँजी जुटाउने
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया