आँधिखोला लघुवित्तको शेयर आज बाँडफाँड हुने, शेयर पाउन भाग्यकै भर !

0
Shares

आँधिखोला लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको आईपीओ सोमवार बाँडफाँड हुने भएको छ । माग भन्दा अत्याधिक आवेदन परेपछि शेयर पाउन भाग्यकै भर पर्नुपर्ने देखिन्छ ।

लघुवित्तले असार २२ देखि २५ गतेसम्म सर्वसाधारणको लागि ३ लाख ७५ हजार कित्ता शेयरका लागि आवेदन खुला गरेको थियो । विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार ३ लाख ८ हजार ४१४ आवेदनबाट ५४ लाख ५७ हार ३४० कित्ता अर्थात ५४ करोड ५७ लाख ३४ हजार रुपैयाँ बराबरको शेयर माग भएको छ ।

कूल ४ लाख कित्ता शेयर निष्काशन भएकोमा लघुवित्तका कर्मचारीहरूका लागि ५ हजार र सामूहिक लगानी कोषका लागि २० हजार कित्ता शेयर छुट्याएर बाँकी ३ लाख ७५ हजार कित्ता शेयर सर्वसाधारणमा जारी गरेको हो ।

धितोपत्र निष्काशन तथा बाँडफाँड निर्दे्शिका अनुसार १० कित्ताका दरले शेयर वितरण गर्दा ३७ हजार ५ सय जनाले मात्रै पाउनेछ भने बाँकी आबेदकको हाल खाली हुनेछ । यस आधारमा ८५ प्रतिशत भन्दा बढी आवेदकले शेयर नपाउने देखिएको छ ।

आईपीओ निष्काशन पश्चात लघुवित्तको चुक्ता पूँजी १० करोड पुग्नेछ भने संस्थापक साधारण शेयर अनुपात ६०ः४० रहनेछ ।