आँधिखोला लघुवित्तको शेयर ८७.५२ प्रतिशत आवेदकले पाएनन्


आँधिखोला लघुवित्त वित्तीय संस्थाको साधारण सेयरका लागि आवेदन दिएका अधिकासं आवेदकले सेयर पाएनन् । संस्थाको साधारण सेयर सोमबार बाँडफाँड हुदाँ १२.४८ प्रतिशत आवेदकले मात्र सेयर पाएका हुन । 

संस्थाले असार २२ देखि २५ गतेसम्म सर्वसाधारणको लागि निष्काशन गरेको ३ लाख ७५ हजार कित्ता शेयर ३ लाख ४१३ वटा आवेदनमध्ये ३७ हजार ५०० जना आवेदकलाई धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका बमोजिम गोलाप्रथाबाट १० कित्ताका दरले शेयर बाँडफाँड गरिएको निष्कासन तथा बिक्री प्रबन्धकले एनआईबिएल एस क्यापिटलको जनाएको छ।

संस्थाको आईपीओमा कूल ३ लाख ९९२ वटा आवेदनबाट सर्वसाधारणमा माग भएको १४ गुणा बढी अर्थात ५२ लाख ५० हजार ६३० कित्ता माग परेको थियो। जसमध्ये आवेदन गरेका ५७९ वटा आवेदनबाट परेको ८ हजार ९७० कित्ताको आवेदन रद्ध भएको बिक्री प्रबन्धकले जनाएको छ ।

लघुवित्तको आईपिओमा आवेदन गरेका ३ लाख ४१३ वटा आवेदनबाट परेको ५२ लाख ४१ हार ६६० कित्ता शेयरको माग सदर भएको थियो ।

लघुवित्तले असार २२ देखि २५ गतेसम्म कूल कूल ४ लाख कित्ता शेयर निष्काशन भएकोमा लघुवित्तका कर्मचारीहरूका लागि ५ हजार र सामूहिक लगानी कोषका लागि २० हजार कित्ता शेयर छुट्याएर बाँकी ३ लाख ७५ हजार कित्ता शेयरमा सर्वसाधारणबाट आवेदन माग गरिएको थियो।

आईपीओ बाँडफाँड पश्चात लघुवित्तको चुक्ता पूँजी १० करोड रुपैयाँ पुगेको छ भने संस्थापक साधारण शेयर अनुपात ६०ः४० कायम भएको छ ।