आज सुनचाँदीको दुबैको मूल्य घटेको छ । दशैं बिदापछिको पहिलो कारोबार भएको दिनमा नै सुनचाँदी दुबैको भाउ घटेको हो । बिहीबार सुनको मूल्य तोलामा एक हजार रुपैयाँले र चाँदी ५० रुपैयाँले घटेको छ। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य ओरालो लागेसँगै नेपाली बजारमा पनि सुनको भाउ ओरालो लागेको हो ।
बिहीबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रति आउन्स एक हजार ८८५ डलरमा खरिद बिक्री हुँदैछ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार कार्तिक १३ गते बिहीबारका लागि छापावाल सुन ९४ हजार ७०० रुपैयाँ र तेजाबी सुन ९४ हजार २०० रुपैयाँमा निधारण गरिएको छ । यस्तै आज चाँदीको भाउ प्रतितोला एक हजार १८० रुपैयाँ कायम गरिएको छ ।
यसअघि कात्तिक ६ गते छापावाला सुन प्रतितोला ९५ हजार ७०० रुपैयाँ र तेजाबी सुन ९५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
दशैंअघि अघिल्लो बिहीबार सुनचाँदीको भाउ निर्धारण भएकोमा बडा दशैंका कारण करिब एक सातापछि बिहीबारदेखि सुनको भाउ पुनः निर्धारण गरिएको हो ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया