बिओके क्यापिटलले मंसिर ५ गते साधारण सभा आह्वान गरेको छ । कम्पनीको कार्यालय कमलादी, काठमाडौंमा दिनको १ बजे पाँचौ वार्षिक साधारण सभा बोलाइएको हो ।
कम्पनी सञ्चालक समितिको कात्तिक ७ गते सम्पन्न बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो । सभाले ४.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।
साथै अन्य प्रस्तावमा प्रबन्धपत्र तथा नियामवाली सशोधन सम्बन्धी विशेष प्रस्ताव पारित गर्ने, नेपाल धितोपत्र ऐन २०६३ र सामुहिक लगानी कोषको व्यवस्थापक तथा सामुहिक लगानी कोषको डिपोजिटरीको कार्य गर्ने लगायतका छन् ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया