शेयर बजारमा उत्साहजन कारोबार, नेप्सेमा भने सामान्य करेक्शन

0
Shares

दशैंपछिको दोस्रो कारोबार दिन शेयर बजारमा उत्साहजन कारोबार भएको छ । बुधबारको उच्च अंकले बढेको दिनको तुलनामा बिहीबार नेप्सेमा सामान्य करेक्शन भएको बजारमा पनि कारोबार रकम ३१ करोडले वृद्धि हुँदै ३ अर्ब ३ करोड बढीको शेयर किनबेच भएको हो ।

आज १९२ कम्पनीका १ करोड ३ लाख ६५ हजार ६ं७ कित्ता शेयर ४१ हजार ९०९ पटक खरीद बिक्री हुँदा कारोबार रकम ३ अर्ब ३ करोड ७६ लाख ९४ हजार ८४५ रुपैयाँ पुगेको छ ।

कारोबारमा आएका १२ उपसमूहका परिसूचकमध्ये ६ वटा सकारात्मक भएका छन् भने ६ वटा ऋणात्मक बनेका छन् । ब्यापार उपसमूहको सूचक १.३७ प्रतिशतले बढेको छ भने उत्पादनमूलक सूचक १.१३ प्रतिशतले घटेको छ ।

  • प्राइम कमर्सियल बैंकको उच्च कारोबार

बिहीबार प्राइम कमर्सियल बैंकको उच्च कारोबार भएको छ । आज बैंकको १३ करोड ७८ लाख रुपैयाँको शेयर कारोबार भएको हो ।

यसैगरी प्रभु बैंकको १३ करोड ५९ लाख, एनएमबि बैंकको १२ करोड ३६ लाख, ग्लोबल आइएमई बैंकको १२ करोड ९ लाख, एनआईसी एशिया बैंकको ११ करोड ८२ लाख, नेपाल बैंकको १० करोड २९ लाख, र शिवश्री हाइड्रोपावरको १० करोड १५ लाख रुपैयाँको शेयर खरीद बिक्री भएको छ ।

यसैगरी कुमारी बैंकको ८ करोड २१ लाख, सिटिजन्स बैंकको ७ करोड १७ लाख र सिभिल बैंकको ६ करोड ६५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Symbol Turnover Closing Price
As of 2020-10-29 15:00:00
PCBL 137,801,306.00 334.00
PRVU 135,966,393.00 265.00
NMB 123,675,339.00 433.00
GBIME 120,910,938.00 299.00
NICA 118,199,396.00 620.00
NBL 102,909,890.00 348.00
SSHL 101,525,130.00 132.00
KBL 82,121,476.00 239.00
CZBIL 71,785,555.00 239.00
CBL 66,549,912.00 178.00
  • दुई कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट

आजको बजारमा दुई कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आजबाटै कारोबार खुलेको शिवश्री हाइड्रोपावर कम्पनी र नेपाल फाइनान्सको शेयरमूल्यमा सर्किट लागेको हो ।

यसैगरी बिहीबारको बजारमा मिथिला लघुवित्त, दिब्यश्वरी हाइड्रोपावरको शेयरमूल्य पनि ५ प्रतिशत धेरैले बढेको छ । हिमालयन उर्जा, माउन्टेन हाइड्रोपावर, रिडी हाइड्रोपावर, नेपाल सेवा लघुवित्त, एचआईडिसिएल, र नाडेप लघुवित्तको शेयरमूल्य पनि ३ प्रतिशत बढीले बढेको छ ।

Symbol LTP Point Change % Change
As of 2020-10-29 15:00:00
SSHL 132.00 12.00 10.00
NFS 250.00 22.00 9.65
MLBBL 784.00 39.00 5.23
DHPL 121.00 6.00 5.22
HURJA 180.00 8.00 4.65
MHNL 190.00 8.00 4.40
RHPC 184.00 7.00 3.95
NSEWA 699.00 26.00 3.86
HIDCL 205.00 7.00 3.54
NADEP 679.00 22.00 3.35
  • यस्ता छन् गुमाउने कम्पनी

आजको बजारमा नेपाल इन्भेष्टमेन्ट बैंकको संस्थापक, सिन्धु विकास बैंक, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको शेयरमूल्य ३ प्रतिशत धेरैले बढेको छ ।

युनाइटेड मोदी हाइड्रोपावर, कुमारी बैंक, लक्ष्मी बैंक, एनआईबिएल प्रगति फण्ड, शिवम् सिमेन्टस्, जनरल इन्स्योरेन्स र अरुण भ्याली हाइड्रोपावर कम्पनी पनि आजको बजारमा शीर्ष गुमाउने दश कम्पनीभित्र समेटिएका छन् ।

Symbol LTP Point Change % Change
As of 2020-10-29 15:00:00
NIBPO 387.00 -16.00 -3.97
SINDU 160.00 -6.00 -3.61
SIFC 199.00 -7.00 -3.40
UMHL 163.00 -5.00 -2.98
KBL 239.00 -7.00 -2.85
LBL 281.00 -8.00 -2.77
NIBLPF 9.31 -0.26 -2.72
SHIVM 750.00 -20.00 -2.60
GIC 563.00 -15.00 -2.60
AHPC 233.00 -6.00 -2.51

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १३ कात्तिक २०७७, बिहीबार  १५ : ३२ बजे