माछापुच्छ्रे क्यापिटलको प्रथम वार्षिक साधारण सभा आह्वान, लाभांश र मर्जर प्रस्ताव अनुमोदन गर्दै

0
Shares

माछापुच्छ्रे बैंकको सहायक कम्पनी माछापुच्छ्रे क्यापिटलले मंसिर ४ गते कम्पनीको प्रथम वार्षिक साधारण सभा आह्वान गरेको छ ।

कम्पनी सञ्चालक समितिको कात्तिक ५ गते सम्पन्न बैठकले कम्पनीको रजिष्टर्ड कार्यालय लाजिम्पाट, काठमाडौंमा रहेको एमबिएल टावरमा अपरान्ह ३ बजे कम्पनीले सभा बोलाएको हो ।

साधारण सभाले ६.४० प्रतिशत (१ करोड २८ लाख रुपैयाँ) नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

यसैगरी कृति क्यापिटल र माछापुच्छ्रे क्यापिटल एक आपसमा गाभ्ने गाभिने सम्बन्धमा सञ्चालक समितिको तर्फबाट प्रस्तुत प्रतिवेदन छलफल गरी पारित गर्ने, दुई कम्पनी एक आपसमा गाभिएपश्चात कम्पनीको वर्तमान अधिकृत पूँजी ३० करोडबाट वृद्धि गरी ४० करोड पुर्याउने, जारी पूँजी २० करोडबाट वृद्धि गरी ३१ करोड ४८ लाख ३२ हजार र चुक्ता पूँजी २० करोडबाट वृद्धि गरेर २६ करोड ७६ लाख ७ हजार र्पुयाउने प्रस्ताव पारित गर्नेछ ।

यस्तै कम्पनीको शेयर स्वामित्व सम्बन्धी व्यवस्था गरी संस्थापकतर्फ ८५ प्रतिशत र सर्वसाधारणतर्फ १५ प्रतिशत रहने व्यवस्था कायम गर्ने र कम्पनीको नाम परिवर्तन गरी माछापुच्छ्रे कृति क्यापिटल कायम गर्ने लगायतका प्रस्ताव पारित गर्ने एजेण्डाहरु रहेका छन् ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १३ कात्तिक २०७७, बिहीबार  १८ : ०९ बजे