चार कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट, साढे १ अर्ब बढीको कारोबार (अपडेट)

0
Shares

साताको पहिलो कारोबार दिन आइतबार शेयर बजारमा खरिद भन्दा बिक्री चाप अधिक हुँदा नेप्से सूचक दबाब परेको छ । सामान्य घटेको बजारमा पनि ४ कम्पनीके शेयरमूल्यमा भने सकारात्मक सर्किट ब्रेक लागेको छ ।

आजको कारोबारको दुई घण्टा अर्थात १ बजेसम्ममा बिशाल बजार कम्पनी, नेपाल फाइनान्स, शिवश्री हाइड्रोपावर, र एचआईडिसिएलको शेयरमूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको हो । ङादी ग्रुप पावर, अपि पावर, साञ्जेन, रैराङ हाइड्रोपावर, कालिका पावर र पञ्चकन्या माई हाइड्रोपावर पनि शीर्ष कमाउन दश कम्पनीको सूचीमा परेका छन् ।

दुई घण्टा अवधिमा १९१ कम्पनीका ५९ लाख ५२ हजार ७३८ कित्ता शेयर १ अर्ब ५५ करोड ८२ लाख ८८ हजार रुपैयाँको शेयर बिनबेच भएको छ । यस अवधिमा शिवश्री हाइड्रोपावरको सबैभन्दा धेरै १८ करोड ८८ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने एचआईडिसिएल र अपि पावरको पनि १० करोड बढीको शेयर कारोबार भएको छ ।

कारोबरमा आएका १२ उपसमूहका सूचकमध्ये ब्यापार, जलविद्युत, निर्जीबन बीमा, अन्य, लघुवित्त र जीबन बीमाको सूचक सकारात्मक रहेका छन् भने बैंकिङ्ग, होटल, विकास बैंक, वित्त, उत्पादन र म्युचुअल फण्डको सूचक ऋणात्मक रहेका छन् ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: १६ कात्तिक २०७७, आइतबार  १३ : १३ बजे