नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सारथी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको २३ लाख ५३ हजार ८२१ कित्ता शेयर सूचीकृत भएको छ ।
साविकको नयाँ नेपाल लघुवित्त र सारथी लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा १ः१ को अनुपातमा मर्ज भई कायम हुन आएको प्रति शेयर १०० रुपैयाँ अंकित तथा चुक्ता मूल्य दरको २३ करोड ५३ लाख ८२ हजार १०० रुपैयाँ बराबरको २३ लाख ५३ हजार ८२१ कित्ता शेयर आइतबार सूचीकृत भएको हो ।
धितोपत्र सूचिकरण विनियमावली, २०७५ बमोजिम नेप्सेमा आइतबार सारथी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर कारोबार हुनसक्ने गरी सूचीकरण भएसँगै कार्तिक १७ गते सोमबारदेखि नेपाल स्टक एक्सचेञ्जमा लघुवित्तको नियमित कारोबार सुचारु हुनेछ ।
दुई लघुवित्तबीच मर्जर भई एकीकृत कारोबारका लागि नेप्सेले एसएनएलबि (SNLB) कारोबार संकेत प्रदान गरेको छ । लघुवित्तको अब यसै कारोबार सिम्बोलमा सोमबारदेखि नेप्सेमा कारोबार हुनेछ ।
नेप्सेले सारथी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको (साविकको नयाँ नेपाल लघुवित्त) को मर्जर प्रयोजनका लागि रोक्का भएको धितोपत्रको कारोबार फुकुवा गरिएको जनाएको छ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया