घट्दो बजारमा ४ कम्पनीको शेयरमूल्यमा सर्किट ब्रेक, प्राइम बैंकको उच्च कारोबार

0
Shares

सोमबार पनि शेयर बजार ओरालो लागेको छ । आइतबारभन्दा केही सुधार भएपनि नेप्से सूचक ३.३३ अंकले घटेर १ हजार ६३७ दशमलव ६३ अंकमा झरेर बन्द भएको छ । ओरालो लागेको बजारमा पनि ४ कम्पनीको शेयरमूल्यमा भने सकारात्मक सर्किट लागेको छ ।

आजको बजारमा बिशाल बजार कम्पनी, सारथी नेपाल लघुवित्त, गुराँस लघुवित्त र शिवश्री हाइड्रोपावरको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । सबैको लघुव्त्तित्त, समीट लघुवित्त, नेपाल फाइनान्स, अरुण भ्याली हाइड्रोपावर, घोडिघोडा लघुवित्त, र आशा लघुवित्त पनि ५ प्रतिशत धेरैले शेयरमूल्य बढेको छ ।

आज छिमेक लघुवित्तको संस्थापक शेयर ७.०१ प्रतिशतले घटेर ५७० का दरले ५० हजार कित्ता शेयर २ करोड ८६ लाख २४ हजार रुपैयाँमा कारोबार भएको छ । यसैगरी जनरल इन्स्योरेन्स, सिटिजन्स बैंक, ग्लोबल आइएमई बैंक, र बरुण हाइड्रोपावरको २ प्रतिशत धेरैले शेयरमूल्य घटेको छ । नेपाल इन्भेष्टमेन्ट बैंक संस्थापक, सप्तकोशी डेभलपमेन्ट बैंक, सिनर्जी पावर, नेरुडे लघुवित्त र कृषि विकास बैंक पनि शीर्ष शेयरमूल्य घट्ने दश कम्पनीको सूचीमा समेटिएका छन् ।

कारोबारमा आएका १२ उपसमूहका परिसूचकमध्ये ब्यापार सबैभन्दा धेरै ३.०६ र लघुवित्त २.३९ प्रतिशतले बढ्दा होटल, जलविद्युत्त, वित्त, निर्जीबन बीमा, उत्पादनमूलक, र म्युचुअल फण्डको परिसूचक सामान्य सकारात्मक भएका छन् ।

उता बैंकिङ्ग इन्डेक्समा सबैभन्दा धेरै ०.८८ प्रतिशतको गिरावट आउँदा अन्य, जीबन बीमा, र विकास बैंकको सूचक पनि समान्य घटेको छ । आज १९७ कम्पनीका ६९ लाख ३७ हजार ४५४ कित्ता शेयर ३४ हजार ४५३ पटक खरीद बिक्री हुँदा कारोबार रकम २ अर्ब ४५ करोड ३९ लाख ५४ हजार रुपैयाँ पुगेको छ । यो रकम अघिल्लो दिन आइतबारको तुलनामा ४७ करोड ७० लाख रुपैयाँ कम हो ।

तीब्र उतार चढावपूर्ण रहेको बजारमा १२ बजेर ३५ मिनेटमा सबैभन्दा उच्च अंक १ हजार ६४६ दशमलव ९० अंकमा पुग्यो भने २ बजेर १७ मिनेटमा सबैभन्दा कम १ हजार ६३५ दशमलव ६५ अंमसम्म झरेको थियो। बजारको अन्त्यसम्मा बजार ३.३३ अंकले घटेर १ हजार ६३७ दशमलव ६३ अंकमा बन्द भएको छ ।

आज कारोबार संख्याको आधारमा जनरल इन्स्योरेन्सको २ हजार ४८४ वटा कारोबार भएको छ भने कारोबार कित्ताका आधारमा प्राइम कमर्सियल बैंकको सबैभन्दा बढी ३ लाख ६० हजार ८९० कित्ता शेयर कारोबार भयो ।

सोमबारको बजारमा प्राइम कमर्सियल बैंकको उच्च कारोबार भएको छ । बैंकको १२ करोड ४० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको हो । नेपाल बैंक ८ करोड १६ लाख, एनआईडिसिएल ८ करोड, प्रभु बैंक ७ करोड ५९ लाख, ग्लोबल आइएमई बैंक ६ करोड ८४ लाख, फस्ट माइक्रोफाइनान्स ६ करोड ७८ लाख, डिप्रोक्स लघुवित्त र एनआईसी एशिया बैंकको समान ६ करोड ७६ लाख, अरुण भ्याली हाइड्रोपावरको ६ करोड १ लाख तथा नेपाल रि इन्स्योरेन्सको ५ करोड ९४ लाख रुपैयाँको शेयर खरीद बिक्री भएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १७ कात्तिक २०७७, सोमबार  १५ : २६ बजे