नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सोमबार तिनाउ मिसन डेभलपमेन्ट बैंकको १३ लाख ७३ हजार १ दशमलव ७५ कित्ता बोनस शेयर सूचीकृत भएको छ ।
बैंकले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट वितरण गरेको चुक्ता पूँजीको १२ प्रतिशत बोनस शेयर सोमबार नेप्सेमा सूचीकृत भएको हो ।
यससँगै सोमबार सूचीकृत भएको बैंकको बोनस शेयर मंगलबारदेखि धितोपत्रको दोस्रो बजारमा कारोबार गर्न सक्नेछन् । बैंकको २०७७ असार २५ गते सम्पन्न तेह्रौं वार्षिक साधारण सभाले उक्त बोनस शेयर पारित गरेको थियो। साधारण सभाका लागि बैंकले असार ११ गते बुकक्लोज गरेकाले असार १० गतेसम्म नेप्सेमा शेयर कारोबार भई कायम रहेका शेयरधनीले मात्र बैंकको उक्त बोनस पाउनेछन् ।
आजै गुराँस लाइफ इन्स्योरेन्सको ९३ लाख ५० हजार २०० कित्ता हकप्रद शेयर पनि सूचीकृत भएको छ । कम्पनीले जारी गरेको एक बराबर एक अनुपातको हकप्रद असार १४ गतेबाट साउन ४ गतेसम्म जारी गरेको थियो ।
दुई कम्पनीको गरि शुक्रबार १ करोड ७ लाख ५८ हजार २०१ दशमलव ७५ कित्ता शेयर सूचीकृत भएको हो ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया