माउण्टेन इनर्जी नेपालको आईपीओ कार्तिक २६ गतेदेखि खुल्ने

0
Shares

माउण्टेन इनर्जी नेपाल लिमिटेडले कार्तिक २६ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आइपीओ) निष्काशन गर्ने भएको छ।

कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँ अंकति दरका १९ लाख ६८ हजार २७ कित्ता शेयर निष्काशन गर्न लागेको हो ।

जसमध्ये २ प्रतिशत अर्थात ३९ हजार ३६१ कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ९८ हजार ४०१ कित्ता सामूहिक लगानी कोषहरुका लागि बाँडफाँड गरिएको छ । १८ लाख ३० हजार २६५ कित्ता शेयर सर्वसाधारणमा बिक्रीमा आउनेछ ।

कम्पनीको आईपीओलाई केयर रेटिङ्ग नेपालले केयर एनपी ग्रेड ४ प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय अवस्था औषत भन्दा कमजोर रहेको जनाउँछ ।

कम्पनीले निष्काशन गर्न लागेको आइपीओमा सर्वसाधारणले छिटोमा कात्तिक २६ गतेदेखि मंसिर २ गतेसम्म आवेदन गर्न सक्नेछन भने सो अवधिमा सबै शेयर विक्री नभए ढिलोमा मंसिर १० गतेसम्म आवेदन गर्न पाइने व्यवस्था छ।

यसअघि नुवाकोट र म्याग्दी जिल्लाका आयोजना प्रभावित बासिन्दाका लागि पहिलो चरणमा प्राथमिक शेयर निष्कासन गरिसकेको कम्पनीले दोस्रो चरणमा सर्वसाधारणमा शेयर जारी गर्न लागेको हो ।

कम्पनीले पहिलो चरणमा उद्योग प्रभावित क्षेत्रका स्थानीयका लागि गत साउन ८ गतेदेखि १९ करोड ६८ लाख २ हजार ७ सय रुपैयाँ बराबरको १९ लाख ६८ हजार २७ कित्ता आईपीओ साउन ८ गतेबाट निष्काशन गरेको थियो ।

कम्पनीले गत असार २५ गते नेपाल धितोपत्र बोर्डबाट हाल कायम जारी पूँजीको २० प्रतिशत अर्थात ३९ करोड ३६ लाख ५ हजार ४०० रुपैयाँ बराबरको ३९ लाख ३६ हजार ५४ कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएको थियो।

आईपीओ निष्काशनका लागि कम्पनीले नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग र सीबीआईएल क्यापिटललाई शेयर निष्काशन तथा बिक्री प्रबन्धक तोकेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १८ कात्तिक २०७७, मंगलबार  १० : २९ बजे