नेप्सेको प्रि-ओपनिङ्ग सेसनमा मंगलबार कारोबारमा आएका २२ कम्पनीमध्ये ११ कम्पनीको शेयरमूल्य बढेको छ भने ४ कम्पनीको घटेको छ ।
आज कारोबारमा आएका तीन कम्पनीको शेयरमूल्य ४ प्रतिशत धेरैले घटेको छ । आज ७ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । कारोबारमा आएका पाँच कम्पनीको शेयरमूल्य ४ प्रतिशत धेरैले बढेको छ । कारोबारमा आएका शिवश्री हाइड्रोपावर, युनियन हाइड्रोपावर, सिद्धार्थ इन्स्योरेन्स, गुराँस लघुवित्त, र बिशाल बजार कम्पनीको शेयरमूल्य करिब ५ प्रतिशतले बढेको हो ।
नेप्सेको प्रि ओपनिङ्ग सेसनमा २२ कम्पनीका ८ हजार ६५१ कित्ता शेयर २२ लाख ७७ हजार १०९ रुपैयाँमा खरीद बिक्री भएका छन् । यस अवधिमा नेप्से १.४३ अंकले घटेर १ हजार ६३६ दशमलव २० बिन्दुमा बन्द भएको छ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया