विदेशी कम्पनीलाई विशिष्ट प्रकृतिको सेवा उपलब्ध गराएबापत नेपालीले ‘स्वेट’सेयर लिन पाउने


काठमाडौं । नेपाली नागरिकले विदेशी कम्पनीलाई प्रविधि वा विशिष्ट प्रकृतिको ज्ञान वा सेवा उपलब्ध गराएबापत ‘स्वेट’ सेयर लिन पाउने भएका छन् ।

संसद्मा आगामी आर्थिक वर्ष २०८२\८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो जानकारी गराएका हुन् ।

उनले नेपाली नागरिकले विदेशी कम्पनीलाई प्रविधि वा विशिष्ट प्रकृतिको ज्ञान वा सेवा उपलब्ध गराएबापत स्वेट सेयर लिन पाउने कानुनी व्यवस्था गरिने बताए ।

आगामी आर्थिक वर्षको बजेटमा के के छन् ? हाइलाइट्स यहाँ हेर्नुहोस्

प्रकाशित मिति: १५ जेष्ठ २०८२, बिहिबार  १६ : ४२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।