समाज लघुवित्तको प्रथम त्रैमासिक वित्तीय विवरण सार्वजनिक

0
Shares

समाज लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको प्रथम त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । लघुवित्तले चालु आवको पहिलो तीन महिनामा ३९ लाख ८ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको यहि अवधिमा लघुवित्तले ३ हजार रुपैयाँ मात्रै नाफा गरेको थियो ।

चुक्ता पूँजी २ करोड रुपैयाँ रहेको लघुवित्तको वार्षिक प्रतिशेयर आम्दानी १९.५४ रुपैयाँ र प्रतिशेयर नेटवर्थ १०५.१० रुपैयाँ छ । लघुवित्तको जगेडा कोषमा १० लाख २० हजार रुपैयाँ सञ्चित छ ।

समीक्षा अवधिमा लघुवित्तले ८ लाख ४३ हजार रुपैयाँको खुद ब्याज आम्दानी रहेकोमा २० लाख ८३ हजारले बढेर २९ लाख २६ हजार रुपैयाँ पुगेको छ ।

खराब कर्जा नोक्सानी व्यवस्था वापत ६ करोड २७ लाख रुपैयाँ रकम छुट्टाउनुपर्दा लघुवित्त ५ करोड ९६ लाख रुपैयाँ सञ्चालन नोक्सानी पुगेको छ । यद्यपी लघुवित्तले ६ करोड ३५ लाख खराब कर्जा उठाउँदा ३९ लाख नाफामा पुगेको छ ।

लघुवित्तको खराब कर्जा ०.०४ प्रतिशत रहेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १८ कात्तिक २०७७, मंगलबार  ११ : ४७ बजे