नेको इन्स्योरेन्स कम्पनी लिमिटेड (NIL) ले असोज २० गतेदेखि कार्तिक ४ गतेसम्म लिलामी मार्फत बिक्री १० लाख ७० हजार २०६ दशमलव ८४ कित्ता संस्थापक समूहको शेयर बाँडफाँड गरेको छ ।
कार्तिक १५ गते, शनिबार सम्पन्न सञ्चालक समितिको बैठकले प्रतिकित्ता ३९५ .२५ रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी लिलामी आवेदन दिन लगानीकर्तालाई शेयर बाँडफाँड गरेको हो ।
यससँगै लिलामी शेयर बाँडफाँडमा शेयर पाउन नसकेका लगानीकर्तालाई शेयर बापत जम्मा गरेको रकम मंगलबारदेखि आइपीएस मार्फत आवेदन फारममा उल्लेख गरेको बैंक खातामा नै फिर्ता गरिने कम्पनीको बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेडले जनाएको छ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया