आरएमडिसी लघुवित्त वित्तयि संस्था (RMDC) ले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ६ करोड ५ लाख ८३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।
गत आवको यसै अवधिमा ७ करोड ३५ लाख ७ हजार रुपैयाँ नाफा कमाएको यस लघुवित्तको १ करोड २९ लाख २४ हजार रुपैयाँले घटेको हो । लघुवित्त कम्पनीहरुलाई थोक कर्जा प्रवाह गर्ने यस लघुवित्तको व्यवसाय विस्ता कोरोना भाइरस संक्रमणका कारण बढोत्तरी हुन नसक्दा खुद नाफामा १७.५८ प्रतिशतले गिरावट आएको हो ।
गत आवबाट १५ प्रतिशत बोनस वितरण गरेर चुक्ता पूँजी १ अर्ब ३ करोड ४२ लाख रुपैयाँ रहेको लघुवित्तको वार्षिक प्रतिशेयर आम्दानी २३.४३ रुपैयाँ, प्रतिशेयर नेटवर्थ २५३ रुपैयाँ र मूल्य आम्दानी अनुपात ३६.५३ गुणा छ । लघुवित्तको निष्क्रिय कर्जा अनुपात ०.००५९ प्रतिशत, कोषको लागत ५.५९ प्रतिशत छ ।
असोज मसान्तसम्ममा लघुवित्तको जगेडा कोषमा १ अर्ब ५८ करोड २३ लाख रुपैयाँ सञ्चित छ । जुन गत आवको यसैअवधिको तुलनामा ६.२३ प्रतिशत कम हो ।
लघुवित्तको ब्याज आम्दानी घटेसँगै खुद नाफा घट्न पुगेको हो । असोज मसान्तसम्म लघुवित्तले १० करोड १८ लाख ३१ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत आवको पहिलो तीन महिनामा ११ करोड ८५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको लघुवित्तको खुद ब्याज आम्दानी १ करोड ६७ लाख ४५ हजार रुपैयाँ अर्थात १४.१२ प्रतिशतले घटेको हो ।
Particulars (Q1) | RMDC Laghubitta Bittiya Sanstha Limited ( Rs in ‘000) | ||
2077/2078 | 2076/2077 | Change | |
Paid-Up Capital | 1,034,221.94 | 799,398.60 | 29.38% |
Net Profit | 60,583.31 | 73,507.19 | -17.58% |
Annualized EPS (In Rs.) | 23.43 | 36.78 | -36.30% |
Net Worth per share (In Rs.) | 253.00 | 311.10 | -18.67% |
Reserve & Surplus | 1,582,373.12 | 1,687,502.07 | -6.23% |
Borrowings | 6,967,170.77 | 7,558,751.04 | -7.83% |
Loans and Advances | 8,270,553.48 | 8,117,806.84 | 1.88% |
Net Interest Income | 101,831.15 | 118,576.93 | -14.12% |
Operating Profit | 96,163.98 | 115,636.68 | -16.84% |
Cost of Fund (%) | 5.59% | 9.37% | -40.34 |
Price to earnings (times) | 36.53 | 16.58 | 120.33 |
यस्तै लघुवित्तका सञ्चालन नाफा ९ करोड ६१ लाख ६३ हजार रुपैयाँमा सीमित भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा संस्थाले ११ करोड ५६ लाख रुपैयाँ संचालन मुनाफा गरेको लघुवित्तको सञ्चालन नाफा १ करोड ९४ लाख ७३ हजार रुपैयाँ अर्थात १६.८४ प्रतिशतले घटेको छ ।
असोज मसान्तसम्म लघुवित्तले बैंक तथा वित्तीय संस्थाबाट ६ अर्ब ९६ करोड ७१ लाख रुपैयाँ सापटी लिएर ८ अर्ब २७ करोड ५ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत आवको यसै अवधिमा लघुवित्तले ७ अर्ब ५५ करोड ८७ लाख रुपैयाँ सापटी लिएर ८ अर्ब ११ करोड ७८ लाख रुपैयाँ कर्जा लगानी गरेको थियो। समीक्षा अवधिमा लघुवित्तको सापटी ७.८३ प्रतिशतले घट्दा कर्जा लगानीमा १.८८ प्रतिशतको झिनो मात्र सुधार देखिएको छ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया