गुराँस लाइफ इन्स्योरेन्स (GLICL) को बिहीबार शेयरमूल्य समायोजन भएको छ । कम्पनीले आव २०७४/७५ बाट वितरण गर्ने बोनस शेयरको बुकक्लोजसँगै बिहीबार शेयरमूल्य समायोजन भएको हो ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले कम्पनीले आव २०७४/७५ बाट वितरण गर्ने ५.२५ प्रतिशत बोनस शेयरमा मूल्य समायोजन गरेको हो ।
बोनस शेयर समायोजनपछि नेप्सेले इन्स्योरेन्स कम्पनीको समायोजित शेयरमूल्य ५७६ रुपैयाँ ७२ पैसा निर्धारण गरेको छ । यससँगै बिहीबार यहि मूल्यलाई आधार मानेर कम्पनीको शेयर कारोबार खुल्नेछ । बुधबार कम्पनीको शेयर प्रतिकित्ता ६०७ रुपैयाँमा कारोबार भएको थियो ।
मङ्सिर ४ गते तिनकुने स्थित आफ्नै प्रधान कार्यालयमा सभा आह्वान गरेको साधारण सभाका लागि कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनको लागि कार्तिक २० गतेदेखि बुकक्लोज गरेको हो । यसअनुसार कार्तिक १९ गते बुधबारसम्म नेप्सेमा शशेयर कारोबार भई कायम रहेका शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउनेछन् ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया