बिहीबार पनि नेप्से घट्यो, प्राइम बैंकको उच्च कारोबार

0
Shares

साताको अन्तिम कारोबार दिन बिहीबार पनि नेप्से सूचक घटेको छ ।

नेप्से परिसूचक ४.४७ अंकले घटेर १ हजार ६३६ दशमलव १७ अंकमा अडिएको छ । ठूला कम्पनीहरुको सूचक मापक सेन्सेटिभ इन्डेक्स २.१४ अंकले घटेर ३२४ दशमलव ३६ अंकमा झरेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार बिहीबार कूल २०० कम्पनीको ९१ लाख २३ हजार ८९६ कित्ता शेयर खरीद बिक्री हुँदा कारोबार रकम २ अर्ब ८४ करोड २४ लाख ६९ हजार १७७ रुपैयाँको कारोबार भएको छ ।

स्टकका अनुसार बिहीबार कारोबार भएका कूल १२ उपसमूहमध्ये ४ वटा उपसमूहको शेयर बढेको छ भने बाँकी ८ वटा उपसमूहको शेयर घटेका छन् । जलविद्युत्त, विकास बैंक, होटल र जीबन बीमा बाहेक बाँकी सबै उपसमूहका सूचक घटेका हुन् ।

  • प्राइम बैंकको उच्च कारोबार

चालु आवको प्रथम त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको बैंकको नाफामा आकर्षक सुधार गरेपछि बिहीबार उच्च कारोबार भएको छ । बैंकको आज २० करोड ८४ लाख ६० हजार रुपैयाँको कारोबार भएको हो ।

यसैगरी अरुण काबेली पावरको १८ करोड ५४ लाख, एभरेष्ट बैंकको १६ करोड ४५ लाख, अपि पावरको १४ करोड ३४ लाख, हिमालयन डिष्टिलरीको पनि १० करोड बढीको शेयर खरीद बिक्री भएको छ ।

अरुण भ्याली हाइड्रोपावरको ७ करोड ६१ लाख, प्रभु बैंकको ७ करोड ३७ लाख, एनआईडिसीएलको ७ करोड २६ लाख, नेपाल रि इन्स्योरेन्सको ६ करोड ९७ लाख, र एनआईसी एशिया बैंकको ५ करोड ३६ लाखको कारोबार भएको छ ।

Symbol Turnover Closing Price
As of 2020-11-05 15:00:00
PCBL 208,460,859.00 351.00
AKPL 185,491,656.00 287.00
EBL 164,505,387.00 675.00
API 143,462,418.00 264.00
HDL 100,295,664.00 1,965.00
AHPC 76,117,528.00 258.00
PRVU 73,720,578.00 266.00
HIDCL 72,630,323.00 235.00
NRIC 69,705,953.00 858.00
NICA 53,670,034.00 618.00
  • सानिमा जनरल इन्स्योरेन्स सहित ४ कम्पनीको शेयरमूल्यमा सर्किट ब्रेक

बिहीबार सानिमा जनरल इन्स्योरेन्स कम्पनी सहित चार कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । इन्स्योरेन्स कम्पनीको शेयर प्रतिकित्ता ३४ रुपैयाँ अर्थात ९.९४ प्रतिशतले बढेर ३७६ मा पुगेको छ । यसैगरी रैराङ हाइड्रोपावर, गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग, र सिन्धु विकास बैंकको शेयरमूल्य पनि झण्डै १० प्रतिशतले बढेको छ ।

यसैगरी घलेम्दी हाइड्रोपावर, अपि पावर, अरुण काबेली पावर, र युनाइटेड मोदी हाइड्रोपावरको शेयरमूल्य ५ प्रतिशत धेरैले बढेको छ । नेपाल ल्यूब आयल र हिमालय उर्जा विकास कम्पनीको शेयरमूल्य पनि बढेको छ ।

Symbol LTP Point Change % Change
As of 2020-11-05 15:00:00
SGI 376.00 34.00 9.94
RRHP 244.00 22.00 9.91
GUFL 170.00 15.00 9.68
SINDU 175.00 15.00 9.38
GHL 137.00 11.00 8.73
API 264.00 19.00 7.76
AKPL 287.00 19.00 7.09
UMHL 179.00 11.00 6.55
NLO 218.00 10.00 4.81
HURJA 207.00 9.00 4.55
  • बिशाल बजार कम्पनीको शेयरमूल्य साढे ८ प्रतिशतले घट्यो

आजको कारोबारमा बिशाल बजार कम्पनीको शेयरमा लगानी गरेका लगानीकर्ताले सबैभन्दा धेरै साढे ८ प्रतिशत अर्थात प्रतिकित्ता २१९ रुपैयाँले घटेको छ ।

यसैगरी शिवश्री हाइड्रोपावरको शेयरमा लगानी गरेका लगानीकर्ताले ७.८८ प्रतिशत र एभरेष्ट बैंकको शेयरधनीले पनि ५.८६ प्रतिशतले गुमाएका छन् ।

यसैगरी नेपाल इस्योरेन्सको संस्थापक, सूर्या लाइफको संस्थापक, नाडेप लघुवित्त, समीट माइक्रोफाइनान्स, नेरुडे लघुवित्त, सारथी नेपाल र बेष्ट फाइनान्सको शेयरमूल्य पनि घटेको छ ।

Symbol LTP Point Change % Change
As of 2020-11-05 15:00:00
BBC 2,356.00 -219.00 -8.50
SSHL 152.00 -13.00 -7.88
EBL 675.00 -42.00 -5.86
NICLPO 292.00 -11.00 -3.63
SLICLP 322.00 -12.00 -3.59
NADEP 713.00 -26.00 -3.52
SMFDB 894.00 -22.00 -2.40
NLBBL 789.00 -18.00 -2.23
SNLB 930.00 -20.00 -2.11
BFC 144.00 -3.00 -2.04

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २० कात्तिक २०७७, बिहीबार  १५ : ४९ बजे