सुनको मूल्य १ हजार बढ्यो, चाँदीमा पनि बढोत्तरी

0
Shares

सुनको मूल्य शुक्रबार तोलामा १ हजार रुपैयाँले बढेको छ । यस्तै शुक्रबार चाँदीको भाउमा पनि ४५ रुपैयाँले वृद्धि भएको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको भाउ तोलाको १ हजार रुपैयाँले बढेर ९७ हजार २०० रुपैयाँ पुगेको छ । यस्तै तेजावी सुनको मूल्य पनि १ हजारले बढ्दै ९६ हजार ७०० रुपैयाँमा कारोबार भैरहेको सहासंघले जनाएको छ ।

शुक्रबार चाँदीको भाउ प्रतितोला ४५ रुपैयाँले बढेर १ हजार २५५ रुपैयाँ कायम भएको छ ।

बिहीबार छापावाला सुनको मुल्य ९६ हजार २००, तेजावी सुनको मुल्य प्रतितोला ९५ हजार ७०० र चाँदी तोलाको १ हजार २१० रुपैयाँमा कारोबार भएको थियो । बिहीबार सुन तोलामा १०० रुपैयाँले घटेको थियो भने चाँदी ५ रुपैयाँले बढेर कारोबार भएको थियो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।