कुमारी बैंकको लाभांश हेरफेर, बोनस अनुपात बढ्यो

0
Shares

कुमारी बैंक (KBL) को लाभांश हेरफेर भएको छ । बैंकले यस अघि प्रस्ताव गरेको कूल लाभांश यथावत राख्दै बोनस र नगद लाभांशको अनुपातमा मात्र परिवर्तन गरेको हो ।

यससँगै बैंकले आर्थिक वर्ष २०७६/७७ मुनाफाबाट शेयरधनीलाई १०.८५ प्रतिशत बोनस शेयर र ३.१५ प्रतिशत नगद लाभांश गरी कुल १४ प्रतिशत लाभांश वितरण गर्ने बैंकले जनाएको छ ।

बैंकले यस अघि १० प्रतिशत बोनस शेयर र कर सहित ४ प्रतिशत नगद लाभांश गरी कुल १४ प्रतिशत लाभांश घोषणा गरेको थियो ।

राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिको अनुपातमा लाभांश कायम हुन नसक्दा धेरै बैंकको गत आवको लाभांश संशोधन हुने अवस्था आइरहेको छ । केन्द्रीय बैंकले कूल वितरणयोग्य नाफाको ३० प्रतिशतभन्दा बढी नगद लाभांश वितरण गर्न बन्देज लगाएको छ ।

यसअघि सिटिजन्स बैंकले पनि प्रस्तावित लाभांश संसोधन गरी बोनस शेयरको अनुपात परिवर्तन गरेको थियो ।

संसोधित लाभांश प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृतिपछि र कुमारी बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र शेयरधनीले पाउनेछन् ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।