घोडीघोडा लघुवित्तको नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा शेयर कारोबार रोक्का भएको छ ।
कञ्चनपुरमा मुख्य कार्यालय रहेको घोडीघोडा लघुवित्त र कोहलपुर बाँकेमा मुख्य कार्यालय रहेको युनिक नेपाल लघुवित्तबीच एक आपसमा गाम्भे।गाभिने (मर्जर सम्झौता) भएपछि घोडीघोडाको शेयर कारोबार रोक्का भएको हो ।
दुई लघुवित्तबीच कार्तिक २१ गते शुक्रबार एक आपसमा गाभिने सम्बन्धि सहमति पत्रमा हस्ताक्षर भएको थियो। बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) सम्बन्धि विनियमावली, २०७३ को विनियम ६ (१) बमोजिम नेप्सेले कार्तिक २३ गते आइतबारदेखि घोडीघोडाको शेयर कारोबार रोक्का गरेको हो ।
हाल घोडीघोडा लघुवित्तको चुक्ता पूँजी २ करोड ७६ लाख २५ हजार रुपैयाँ रहेको छ भने हालसम्म आईपिओ निष्काशन नगरेको युनिक नेपालको चुक्ता पूँजी ६ करोड ३० लाख रहेको छ ।
मर्जरपछि सर्वसाधारणको ३० प्रतिशत शेयर स्वामित्व पुर्याउन कम्पनीले प्रिमियम मूल्यमा थप सार्वजनिक निष्काशन (एफपीओ) जारी गर्नेछ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया