मल्टीपर्पस फाइनान्स (MPFL) ले मंसिर १९ गते २२ औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनी सञ्चालक समितिको कार्तिक १९ गते सम्पन्न बैठकले केन्द्रीय कार्यालय राजविराज सप्तरीमा उक्त सभा बोलाएको हो ।
सभाले संचालक समितिको प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरिक्षक प्रतिवेदन सहित वासलात तथा नाफा नोक्सान हिसाब र सोहि सम्बन्धि नगद प्रवाह विवरण पारित गर्ने, लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।
साधारण सभा प्रयोजनको लागि फाइनान्सले मंसिर ११ गते बुकक्लोज गर्ने जनाएको छ । त्यसकारण मंसिर १० गतेसम्म कायम शेयरधनी मात्र साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया