काठमाडौँ । ह्वाईले आफ्नो नयाँ वेयरएबल उपकरणहरु नेपालमा सार्वजनिक गर्ने तयारी गरेको छ । ह्वाइ वाच फिट ४, वाच फिट ४ प्रो र हुवावे ब्यान्ड १० नेपाली उपभोक्ताको फिटनेस र जीवनशैली अनुभवलाई अझ समृद्ध बनाउन डिजाइन गरिएको हो ।
१.८२ इन्च एमोलिड टचस्क्रिन ४८०/४८० पिक्सेल रिजोल्यूसन तथा अधिकतम ३ हजार निट्स ब्राइटनेस भएको ह्वाई वाच फिट ४ नेपालमा १९ हजार ९९० रुपैयाँमा उपलब्ध रहेको छ । यो २७ ग्राम मात्र तौल भएको अल्ट्रा–थिन एल्युमिनियम एलाइ बढी डिजाइनमा तयार भएको छ । ४०० मेघाहर्ज ब्याट्रीले एकपटक चार्जमा १० दिनसम्म टिक्छ ।
ह्वाइ वाच फिट ४ प्रो १.८२ इन्च एमोलिड टचस्क्रिन, ४८०/४०८ पिक्सेल रिजोल्यूसन, ३ हजार निट्स ब्राइटनेस भएको यो वाच ३८ हजार ९९० रुपैयाँमा उपलब्ध छ । यो टाइटानियम र एल्युमिनियम र एलोइ बडी, स्याफायर ग्लाससहित लक्जरी डिजाइनमा तयार पारिएको छ । यो ५ एटिएम रेटिङमा तयार भएको हुँदा पौडी पानी खेलकुदका लागि उपयुक्त मानिन्छ ।
त्यस्तै, ह्वाइ ब्यान्ड १० उन्नत सुविधा सहितको फिटनेस ट्रयाकर नेपालमा ६ हजार ९९० रुपैयाँमा उपलब्ध छ । यो १.४७ इन्च एमोलेड टचस्किन भएको १९४/३६८ पिक्सेल रिजोल्यूसन डिक्प्लेमा तयार भएको छ । करिब १५ ग्राम तौल सहित हल्का र कमप्याक्ट भएको उत्कृट डिजाइन रहेको छ । ४५ मिनेटमा पूर्ण चार्ज हुन्छ र १४ दिनसम्म टिक्छ ।
यी सबै स्मार्ट वाचहरु जुन ६ देखि दराज नेपालमा खरिदका लागि उपलब्ध हुनछन् ।










प्रतिक्रिया