ग्रीन भेन्चरले ६२ करोडको आइपीओ निष्काशन गर्ने, लक्ष्मी क्यापिटल बिक्री प्रबन्धक


ग्रीन भेन्चर लिमिटेडले सर्वसाधारणमा ६२ करोड ५० लाख रुपैंयाको साधारण शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले साधारण शेयर निष्काशनका लागि लक्ष्मी क्यापिटललाई शेयर निष्काशन तथा बिक्री
प्रबन्धक नियुक्त गरेको छ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सम्झौतामा दुई संस्थाका बिचमा सोमबार सम्झौता भएको छ । सम्झौता पत्रमा लक्ष्मी क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटा र ग्रीन भेन्चर लिमिटेडको तर्फबाट सञ्चालक अध्यक्ष सुभाष चन्द्र संघईले हस्ताक्षर गरेका छन् ।

कम्पनीले प्रतिकित्ता १०० रुपैंया अंकित मूल्यमा ६२ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।