कामना सेवाको खुद नाफामा गैर सञ्चालन आम्दानीले उच्च सुधार, नाफा २० करोड माथि

0
Shares

कामना सेवा विकास बैंक लिमिटेड (KSBBL) ले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २० करोड १ लाख १६ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

गत आवको यसै अवधिमा १ करोड ८६ लाख रुपैयाँ खुद नाफा कमाएकोमा १८ करोड बढीले बैंकले नाफा बढाएको हो ।

बैंकले २० करोड ९ लाख ६३ हजार रुपैयाँ गैर सञ्चालन आम्दानी गरेसँग नियमित आम्दानीभन्दा सम्पत्ति बिक्रीबाट गरेको आम्दानीका कारण खुद नाफामा उच्च सुधार देखिएको हो ।

असोज मसान्तसम्ममा बैंकको वितरणयोग्य नाफा ७ करोड ४३ लाख रुपैयाँ छ ।

चुक्ता पूँजी २ अर्ब ५४ करोड १ लाख रुपैयाँ रहेको यस बैंकको वार्षिक प्रतिशेयर आम्दानी ३१.५१ रुपैयाँ पुगेको छ भने जगेडा कोषमा ५० करोड ३० लाख रुपैयाँ सञ्चित रहँदा प्रतिशेयर नेटवर्थ १२२.६२ रुपैयाँ रहेको छ ।बैंकको मूल्य आम्दानी अनुपात ७.०८ गुणा छ ।

बैंकले यस अवधिसम्ममा ३६ अर्ब ७२ करोड रुपैयाँ निक्षेप संकलन गरी २९ अर्ब ९२ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । यसबाट बैंकले ३८ करोड १५ लाख खुद ब्याज आम्दानी र ८ करोड ४९ लाख रुपैयाँ सञ्चालन नाफा गरेको छ ।

बैंकको निष्क्रिय कर्जा अनुपात २.६४ प्रतिशत, पूँजीकोष अनुपात १२.४४ प्रतिशत, कोषको लागत ६.८७ प्रतिशत, आधार दर ९.२८ प्रतिशत र स्पे्रेड दर ४.९८ प्रतिशत छ।

समीक्षा अवधिमा बैंकको निक्षेप संकलन र कर्जा लगानी १५ प्रतिशत धेरैले बढेको छ भने खुद ब्याज आम्दानी ५१ प्रतिशत धेरै तथा खुद नाफामा ९७२ प्रतिशतको उच्च सुधार देखिएको हो ।

Particulars Kamana Sewa Bikash Bank  ( Rs in ‘000)
Q1,2077/2078 Q1, 2076/2077 Change
Paid-up Capital 2,540,195.35 2,540,195.35 0.00%
Retained Earnings 71,449.90 -204,796.71 -134.89%
Reserves 503,040.74 725,033.65 -30.62%
Profit/(Loss) for the Year 200,116.12 18,651.02 972.95%
EPS (Rs.) 31.51 2.94 971.77%
Net worth per share (Rs.) 122.62 120.48 1.78%
Deposit from Customers 36,722,082.49 31,902,093.00 15.11%
Loans & Advances to Customers 29,925,830.42 25,945,446.33 15.34%
Net Interest Income 381,570.48 251,587.79 51.66%
Impairment Charge/(Reversal) 146,353.66 84,649.31 72.89%
Non-Operating Income 200,963.42 392.33 51123.06%
Operating Profit 84,916.75 26,251.88 223.47%
Distributable Profit/(Loss) after P/L appropriation and Regulatory Adjustments 74,329.60 -9,807.46
Non-Performing Loan (NPL) 2.64% 1.61% 63.98%
Cost of Fund (%) 6.87% 8.56% -19.74%
Base Rate (%) 9.28% 11.86% -21.75%
Qtr End PE Ratio (Rs.) 7.08 47.95 -85.23%

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २५ कात्तिक २०७७, मंगलबार  ०९ : ०४ बजे