एनएलजी इन्स्योरेन्सले लाभांश वितरण नगर्ने

0
Shares

एनएलजी इन्स्योरेन्सका लगानीकर्ताले यसबर्ष कुनै पनि लाभांश नपाउने भएका छन् । कम्पनीले आर्थिक वर्ष २०७४/७५ नाफा कमाएको भएपनि नियामकीय प्रावधान पूरा गर्न नसक्दा लाभांश वितरण गर्न नपाएको हो ।

एनएफआरएस अनुसार जगेडा कोष तथा अन्य व्यवस्थाहरु कायम गर्नुपर्ने भएकाले लाभांश वितरण गर्न नसकिएको कम्पनीले जनाएको छ ।

कम्पनीले आर्थिक वर्ष २०७४/७५ मा २४ करोड ७८ लाख २२ हजार ५०२ रुपैयाँ खुद नाफा कमाएको छ । त्यस्तै एनएफआरएस अनुसार २४ करोड ७६ लाख ७ हजार ९९४ रुपैयाँ खुद नाफा छ ।